सुन हालसम्मकै महङ्गो, आज एकैदिन प्रतितोला २४ सयले बढ्यो

1.4k Shares

नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला २४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २४ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ ।    

आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

 
सम्बन्धित समाचार