कार्यसम्पादन मूल्यांकनमा इश्पुर पहिलो,हरिपुर्वा अन्तीम

2.2k Shares

प्रदेश सरकार र स्थानीय तहकाे कार्यसम्पादन मुल्यांकनमा सर्लाहीको इश्वरपुर नगरपालिका जिल्ला मै प्रथम भएको छ ।प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश सरकार र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा इश्वरपुर नगरपालिका प्रथम भएको हो भने हरिपुर्वा नगरपालिका देशभरी मै सबै भन्दा कम नम्बर ल्याएर अन्तीम भएको छ । आयोगले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन,सोही वर्ष गर्नुपर्ने अन्य विभिन्न काम लगायतका आधारमा प्रदेश तथा स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकन गर्ने गरेको छ ।

सो मूल्यांकन अनुसार जिल्लाको हरिपूर्वा नगरपालिकाले देशभरमै सबैभन्दा कम पाँच दशमलव ९९ नम्बर मात्र पाएको छ ।फागुन ७ गते मात्र नगरसभा सम्पन्न गरेको हरिपुर्वा नगरपालिका राजनैतिक खिचातानीका कारण अन्यौलमा परेको स्थानीय जानकारहरुको भनाई छ । त्यस्तै जिल्लाका २० वटा पालिका मध्ये सबैभन्दा बढी ईश्वरपुर नगरपालिकाले ३६ दशमलव १६ अंक प्राप्त गरेको गर्दा चक्रघट्टा गाउँपालिकाले ३१ दशमलव ६४ अंक ल्याएको छ ।

गोडैता नगरपालिकाले ३० दशमलव ५६,लालबन्दी नगरपालिकाले २९ दशमलव ७५,बागमती नगरपालिकाले २८ दशमलव ४९,कौडेना गाउँपालिकाले २७ दशमलव ८७,ब्रम्हपुरी गाउँपालिकाले २५ दशमलव छ, हरिवन नगरपालिकाले २४ दशमलव ७०, पर्सा गाउँपालिकाले २४ दशमलव ५२ र बसबरिया गाउँपालिकाले २४ दशमलव नौ अंक प्राप्त गरेको छ ।

साथै,बलरा नगरपालिकाले २३ दशमलव ५७,बरहथवा नगरपालिकाले २३ दशमलव २४, रामनगर गाउँपालिकाले २३ दशमलव ११,विष्णु गाउँपालिकाले २२ दशमलव १७,मलंगवा नगरपालिकाले २१ दशमलव ८५,धनकौल गाउँपालिकाले २० खशमलव ६३,कबिलासी नगरपालिकाले १९ दशमलव ७८,हरिपुर नगरपालिकाले १९ दशमलव २७ र चन्द्रनगर गाउँपालिकाले ११ दशमलव ५२ अँक प्राप्त गरेको आयोगले जनाएको छ ।चन्द्रनगर गाउँपालिकाकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को सात महिना बिति सक्दापनि गाउँ सभा गर्न सकेको छैन् ।

सम्बन्धित समाचार