बागमतीको विकासले फड्को मारेको हेर्न नसक्नेहरुले नगर प्रमुख थापाको टिमलाई अनावश्यक दुःख दिएका स्थानीयको भनाई

2.7k Shares

सर्लाहीको बागमती नगरपालिकाले नगर भित्रको करिब चार सय किलो मिटर सडक कालोपत्रे गरेको छ ।संघिय संरचना पछि स्थानीय तहको निर्वाचनबाट पहिलो र दोस्रो कार्यकालका लागि निर्वाचित भएका नगर प्रमुख भरत कुमार थापाको टिमले नगरलाई देशभरका सात सय ५३ वटै स्थानीय तहहरुको तुलनामा नमुना नगरपालिका बनाउने भन्दै शिक्षा,स्वास्थ्य,खानेपानी,विकास निर्माणका साथै रोजगारी र समृद्धिको लागि नगरको विकासमा अतुलनिय काम गरि रहेका स्थानीयको भनाई छ ।funpark.jpg
नगरमा सुकुम्बासी व्यावस्थापनको काम निकै चुनौतीपुर्ण रहेको भएपनि नगर प्रमुख थापाको टिमले सहज रुपमा सुकुम्बासीहरुको व्यावस्थापन गरेको,नगरलाई समृद्ध नगर बनाउन स्थानीयस्तर मै रोजगारी सृजना गर्ने उद्धेश्य सहित बागमती माछा पोखरी(भरत ताल) निर्माण सुरु गरेको,नगर बर्गैँचा,नगर फनपार्कका साथै नगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक सुधारमा लागेका,जटिल खालमा स्वासथ्य समस्या बाहेक नगर बाहिरि जानुपर्ने अवस्थाको अन्त्य गरेका र जीविको पार्जन हुने रोजगारीको लागि अन्यन्त्र जानु पर्ने अवस्थाको अन्त्यका लागि लागि परेका स्थानीयहरुको भनाई छ ।sadak.jpg
नगरको विकास देख्न नसक्नेहरुले बागमती नगरपालिकाले विकासमा मारेको फड्कोबाट अतालिएर नगर प्रमुख थापा सहितको टिमलाई अनावश्यक दुःख दिने गरेका समेत स्थानीयले बताए ।सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षाका लागि नमुना नगरपालिका,स्वास्थ्यमा त्यस्तै सुधार,रोजगारी र आन्तरिक आयस्रोत तथा जीविको पार्जन र समृद्धिको आधार समेत खडा गर्न सक्षम नगर प्रमुख थापाको टिमका विरुद्ध लाग्नेहरुका अनावश्यक टिकाटिप्पणीहरु बागमती बासीले मात्र नभई बागमतीको विकास हेरेका कसैले पनि पत्यान नसक्ने स्थानीयले बताए ।s.jpgIMG_0011.jpgdc98a902-730c-4886-89bb-50422890c27e.jpg

सम्बन्धित समाचार