इश्वरपुरका विभिन्न ३ वडामा बागमती सेवा समाज नेपाल हरिवनद्धारा बाख्रा वितरण सुरु

2.3k Shares

सर्लाहीको इश्वरपुर नगरपालिकाका विभिन्न ३ वटा वडाका विपन्न नागरिकहरुलाई जीविको पार्जनका लागि उन्नत जातको बाख्रा वितरण गरिएको छ।बागमती सेवा समाज नेपाल हरिवन र इस्लामिक रिलिफ नेपालको साझेदारीमा सञ्चालित उत्थानसिल समुदायको निर्माण परियोजना अन्र्तगत इश्वरपुर नगरपालिकाको १,३ र ९ नम्बर वडाका चार सय ८७ जना विपन्न नागरिकहरुलाई प्रतिव्यक्ति दुई वटाका दरले उन्नत जातको बाख्रो वितरण सुरु गरिएको बागमती सेवा समाज नेपाल सर्लाहीका सामाजिक परिचालक राम लखन मुखियाले जानकारी दिए ।
उनका अनुसार इश्वरपुर नगरपालिकाको १,३ र ९ नम्बर वडामा उत्थानसिल समुदायको निर्माण परियोजना अन्र्तगत जीविको पार्जनको क्षेत्रमा काम भई रहेको र बिहीबारबाट उन्नत जातको बाख्रा वितरण सुरु गरिएको हो ।विपन्न नागरिकलाई बाख्रा वितरण कार्यक्रममा इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य,इश्वरपुर नगरपालिका १ का वडा अध्यक्ष धर्मेन्द्र राय यादव,इश्वरपुर ३ का वडा अध्यक्ष विश्वनाथ सहनी र इश्वरपुर नगरपालिका ९ का वडा अध्यक्ष नन्दलाल चौधरी लगायत बागमती सेवा समाज नेपाल हरिवनका कृष्ण प्रसाद बन्जरा,राम शरण महतो,रजनिश सिंह र रमेश यादव लगायतको विशेष उपस्थिति रहेको मुखियाले जानकारी दिए ।बागमती सेवा मिाज नेपाल हरिवनले मधेश प्रदेशका आठ जिल्ला सहित कोसी प्रदेशका पाँच जिल्ला गरि १३ जिल्लामा स्वास्थ्य,सरसफाई र जीविको पार्जनको क्षेत्रमा काम गर्दै आएको छ ।

सम्बन्धित समाचार