लालबन्दीमा बाल अनुगमन तथा सकारात्मक अभिभावकत्व सम्बन्धि तालिम

2.3k Shares

सर्लाहीको लालबन्दी नगरपालिकामा बाल अनुगमन तथा सकारात्मक अभिभावकत्व सम्बन्धि तालिम सम्पन्न भएको छ ।बागमती सेवा समाज नेपाल,हरिवन र वल्ड भिजन इन्टरनेशनल नेपालको आयोजना तथा हरिपुर्वा नगरपालिकाको सहजीकरणमा शनिवार देखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको बागमती सेवा समाज नेपाल,हरिवनका  कार्यवाहक कार्यकारी निर्देशक सुनिल कुमार साहले जानकारी दिए ।
उनका अनुसार अभिभावकहरुले बालबालिका के कसरी हेरचाह  गर्ने ?असल अभिभावकमा हुनुपर्ने गुणहरु केके हुन ?स्वयम् हेरचाह,बालबालिकालाई स्याहारसुसार गर्ने तरिका केके हुन ? र बालबालिका प्रति अभिभावकको असल व्यवहार कस्तो हुनुपर्छ ?भन्ने लगायतका विषयलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिएको हो ।
यसैगरी मनोसामाजिक धारणा,मनोसामाजिक सु–सम्बन्ध,मनोसामाजिक समस्या,मनोसामाजिक समस्याका कारणहरु र असरहरु लगायतका विषयमा तालिममा सहभागीहरुलाई प्रशिक्षण दिइएको तालिमका सहजकर्ता तथा बागमती सेवा समाज नेपाल हरिवनका परियोजना संयोजक प्रमेश बाँदेले जानकारी दिए ।तालिममा हरिपुर्वा नगरपालिकाका महिला तथा पुरुष गरि ३२ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
मधेश प्रदेशका आठवटा र कोसी प्रदेशका पाँच वटा गरी १३ वटा जिल्लामा स्वास्थ्य तथा जीविको पार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गरि रहेको बागमती सेवा समाज नेपाल हरिवनले स्थानीय तथा प्रदेश सरकारसंग मिलेर जीविको पार्जनका साथै स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

सम्बन्धित समाचार