जिल्लाका तीन सुरक्षा निकायका प्रमुखहरु एकै पटक पटक हाजिर भए

2.2k Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुखकाे रुपमा प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली हाजिर भएका छन् ।विगत करिब चार महिना पहिला काजमा सर्लाही आएका प्रहरी उपरीक्षक प्रवीण धितालकाे केही दिन पहिला कार्ज फिर्ता भए पछि प्रहरी प्रधान कार्यालयले ज्ञवालीको दरबन्दी सर्लाही बनाएर सरुवा गरेकाे थियाे ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय इन्टलिजेन्स शाखाबाट प्रहरी उपरीक्षक ज्ञवाली सर्लाही प्रहरीको कमाण्ड सम्हाल्न आइपुगेका साेमबार साँझ आई हाजिर भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

त्यसैगरी ,सशस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा.गणा सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीकाे पनि सरुवा भएको र उनकाे ठाउँमा सशस्त्र प्रहरी उपरीक्षक विनाेद राज खनाल आएका छन् भने राष्ट्रिय अनुसन्धान आयोगका अनुसन्धान उप निर्देशक सन्ताेष ढुंगेलकाे पनि सरुवा भई उनकाे ठाउँमा अनुसन्धान उप निर्देशक देवराज लिम्बु पनि हाजिर भएका छन् ।

जिल्लाका तीन सुरक्षा निकायका प्रमुखहरु एकै पटक सरुवा भई नयाँ आएपछि नेपाल भारत सिमानाकाहरुबाट हुने तस्करी तथा भन्सार छलीका साथै जिल्लाकाे शान्ति सुरक्षामा आमूल सुधारात्मक परिवर्तन हुने अपेक्षा गरिएको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार