सर्लाहीको लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरुले भूमिहिन दलित,भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि जग्गा वितरणमा सहजीकरण गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाएका छन् ।लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेका लालबन्दीका जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष एवम नगर प्रवक्ता गणेश बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार वन ऐन र भूमि ऐन बाझिंदा जग्गा नापचाँजको सबै काम सकेर लालपूर्जा वितरण गर्न लाग्दा समस्या उत्पन्न भएको भन्दै लालन्दी नगरपालिकाका जनप्रनिधिहरुले जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका हुन ।लालपूर्जा तयार पारेर मालपोत कार्यालयमा मालपोत अधिकृतकहाँ हस्ताक्षर गर्न लैजाँदा ऐन बाँझिएको भन्दै हस्ताक्षर गर्न नमानेकाले अन्तिमको काम रोकिएपछि सो सम्वन्धी गाँठो फुकाइ दिन माग गर्दै प्रमुख जिल्ला अधिकारी धमलामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरुले ज्ञापन पत्र बुझाएका नगर प्रमुख अधिकारीका स्वकीय सचिव सुरेन्द्र खतिवडाले जानकारी दिए ।
उनका अनुसार ज्ञापन पत्र बुझाउन नगर प्रमुख अधिकारी,उप प्रमुख कल्पनामाया पाख्रिन सहित विभिन्न वडाका वडाध्यक्षहरु जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही पुगेका थिए ।जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही पुगेका लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरुले बाझिएका कानूनी खारेज,रोक्का गरिएको कार्य फूकुवा र अव्यवस्थित बसोवासीको जग्गा दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै प्रमुख जिल्ला अधिकारी धमला मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन ।