2.2k
Shares
सर्लाहीको बरहथवा नगरपालिका ९ मूर्तिया जङ्गलस्थित सोल्टी मोडमा शनिबार बिहान आलु लोड भएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।बरहथवाबाट आलु लोड गरी नयाँरोडतर्फ आउँदै गरेको ना २ त ७५२५ नम्वरको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्याक्टरका चालक बाराको पचरौता नगरपालिका ५ का अन्दाजी ५० वर्षीय भुवन महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निमित्त प्रमुख एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।उनका अनुसार ट्याक्टर पल्टिएको खबर पाउनासाथ दुर्घटनामा स्थलमा पुगेको प्रहरी टोलीले ट्याक्टरका चालक महतोलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा पुर्याउँदा चकित्सकले मृत घोषणा गरेको हुन ।