सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको बायोपिक फिल्म “मेयर”को शुभमुहूर्त गरिएको छ ।बागमती नगरपालिकाका नगर प्रमुख थापाको मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहेको फिल्म “मेयर”को शुभमुहूर्त गरिएको निर्देशक एवम निर्माता दिपेन्द्र के खनालले जानकारी दिए ।
उनका अनुसार बुधबार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो।यो फिल्म सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख थापाको संघर्षका साथै उनको नेतृत्वमा रहेका जनप्रतनिधिहरुले गरेका विकास निर्माणका कामलार्ई आधार मानेर तयार पारिएको निर्माता खनालले बताए । बागमती नगरपालिकाका नगर प्रमुख थापाको भूमिकामा निर्देशक खगेन्द्र रहनेछन् ।
पटकथा प्रोडक्सनले निर्माण गर्न लागेको फिल्मको खनाल निर्देशक एवम निर्माता रहेका छन् ।निर्देशक खनाल कार्यकारी निर्माता रहेको फिल्मको निर्माता शर्मिला पाण्डे र सृष्टिमाँ खनाल रहेका छन् ।फिल्मको पटकथा भने महेश दवाडीले लेखेका हुन।कृष्ण बहादुर थापाले खिच्ने यस फिल्ममा अभिनेता खगेन्द्रको अपोजिटमा वर्षा राउतको देखिने छिन्।अर्थात फिल्मको मुख्य महिलाको भूमिकामा अभिनेत्री राउत रहने छिन ।
फिल्ममा अर्पण थापा,अनुप बराल,दिव्य देव,प्रकाश घिमिरे,हरिहर शर्मा,रवीन्द्र झा,रमेश बुढाथोकी,अर्विशा थापा,सञ्जोग रसाइली,आशान्त शर्मा,प्रभाकर न्यौपाने र झकेन बिसीलगायतले अभिनय गर्ने बागमती नगरपालिकाका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले बताए ।उनका अनुसार यस चलचित्रबाट निर्माताका रुपमा सृष्टिमाँ र कलाकारको रुपमा अर्विशाले डेब्यु गर्दैछन्।