न्यूनतम रोजगारीमा संलग्न हुनको लागि बागमतीले गर्यो आवेदन माग

2.3k Shares

सर्लाहीको बागमती नगरपालिकाले न्यूनतम रोजगारीमा संलग्न हुनको लागि आवेदन माग गरेको छ ।श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतमा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बागमती नगरपालिकाको रोजगार सेवा केन्द्रद्वारा न्यूनतम रोजगारीमा संलग्न हुनको लागि आवेदन माग गरिएको बागमती नगरपालिकाकी रोजगार संयोजक निलम कुशवाहाले जानकारी दिईन् ।
उनका अनुसार आर्थिक वर्ष २०८१÷०८२ को लागि न्यूनतम सय दिनको रोजगारीमा संलग्न गराउन आवश्यक छानविन सहित न्यून आय भएका १८ वर्ष देखि ५९ वर्ष उमेर समूहका वेरोजगार व्यक्तिहरुलाइ २०८० फागुन मसान्त सम्म फाराम भर्न भन्दै नगरपालिकाले सूचना जारी गरेको छ ।
वेरोजगार व्यक्तिहरुले नागरिकता प्रमाण पत्रको प्रतिलिपि,हस्तलिखित निवेदकका साथमा परिवारका सबै सदस्यहरुको नागरिकता(छुट्टिएर अलग वसेका सदस्य र विवाह भएर गईसकेको सदस्यको नागरिकता आवश्यक नपर्ने,निवेदकको परिवारका सदस्यहरु मध्य नागरिकता नबनाईएका सदस्यहरुको हकमा उनीहरुको जन्म दर्ताको प्रतिलिपि र निवेदकको पासपोर्ट साईजको फोटो एक प्रति सहित आवेदन माग गरिएको रोजगार शाखाले जनाएको छ ।

सम्बन्धित समाचार