सर्लाहीको राईट लेन एजुकेशन बागमती युवा क्लब, आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।बिहीबार बर्दियाको सुर्यनगर रंगशालामा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा राईट लेन एजुकेशन बागमती युवा क्लब बागमती सर्लाहीले वीरगन्ज युनाइटेडलाई दुईका विरुद्ध एक गोल अन्तरले पराजीत गर्दै अन्तिम चारमा प्रवेश गरेको बागमती युवा क्लबका महासचिव एवम बागमती नगरपालिकाको खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।

उनका अनुसार खेलमा बागमतीका अभि लामा म्यान अफ द म्याच घोषित भएका छन् ।प्रतियोगिता अन्तर्गत फागुन ४ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल नेपाल पुलिस फुटबल क्लब र नवलपरासी–११ बीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।श्री नव युवा क्लब,बर्दघाट–१६,सुर्यनगरको आयोजनामा माघ २९ गतेबाट सुरु भएको प्रतियोगितामा बागमती युवा क्लब सर्लाही, राईट लेन एजुकेशन बागमती युवा क्लब बागमती सर्लाही सहित आठ वटा टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख हात प्राप्त गर्ने छ भने उपविजेताले नगद रु तीन लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।आयोजकका अनुसार आठ वटा टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन ७ गतेका दिन हुने छ ।