बुधबार बेलुका माेटरसाईकल दुर्घटनामा एककाे मृत्यु,दुई गम्भीर घाईते

2.1k Shares

सर्लाहीको मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत मलंगवा नगरपालिका ११ गम्हरियामा दुईवटा भारतीय मोटरसाइकल एक आपसमा ठाेक्किँदा एक जनाको ज्यान गएको छ भने अरु दुई जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयाे ।

उनका अनुसार बुधबार बेलुका तीव्र गतिमा रहेका बीआर ३० डी ३५१८ र बीआर ०६ बीपी ४१७२ नम्वरका दुई भारतिय मोटरसाइकल एक आपसमा ठोक्किँदा मलंगवा नगरपालिका ११ गम्हरियाका अन्दाजी १५ वर्षीय विकास रायको ज्यान गएको र सोही ठाउँका अन्दाजी १६ वर्षीय निरज पटेल र अन्दाजी १७ वर्षीय रोशन पासवान गम्भीर घाइते भएका छन् । दुर्घटनामा ज्यान गएका रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा राखिएको छ भने दुर्घटनामा परि गम्भीर घाइते भएका पटेल र पासवानलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारकाे लागि वीरगन्ज पठाईएकाे साथै दुर्घटनामा संग्लग्न दुवै मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा रहेका सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार