सर्लाहीको कर्णालीलाई अरु जनप्रतिनिधिहरुले हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ : वडा अध्यक्ष घिसिङ

2.7k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष छेनाम सिं घिसिङले सर्लाहीको कर्णाली नारायण खोलालाई अरु जनप्रतिनिधिहरुले हेर्ने दृष्टिकोण परिवर्तन हुनु पर्ने बातएका छन् । सर्लाहीको कर्णाली लालबन्दी नगरपालिका १४ नारायण खोला क्षेत्रमा सडक वोर्डको रु ३४ लाख र लालबन्दी नगपालिका १४ को रु १८ लाखको लागतमा निर्माण भएको सडकको स्थलगत अवलोकनमा गएको कमलामाई मिडिया प्रा.लिको टोलीसंग कुरा गर्दै वडा अध्यक्ष घिसिङले आफ्नो वडा भुगोल र विकासको हिसाबले कर्णाली रहेकाले लालबन्दी नगरपालिकाका अरु वडाको तुलना लालबन्दी नगरपालिका १४ नारायण खोलालाई गर्न नमिल्ने बताएका हुन ।


देश संघिय संरचनामा गएर स्थानीय तहको निर्वाचन भएको दोस्रो कार्याकालको पनि करिब दुई वर्ष वित्दा पनि विकासको अनुहार नदेखेको सर्लाहीको कर्णाली लालबन्दी नगरपालिका १४ नारायण खोलामा सडकको ट्र्याक निर्माण गर्न सुरु गरिएको र अरु वडाको तुलनामा लालन्दी नगरपालिकाले आफ्नो वडालाई पनि दामासाही बजेट विनियोजन गर्दा विकासका योजना अनुसार काम गर्न सक्ने अवस्था नरहेको वडा अध्यक्ष घिसिङले कमलामाई मिडिया प्रा.लिसंग बताए ।
“गाउँ गाउँको सिंहदरबार”जनताको घरघरमा भन्दै संघियता आएर स्थानीय तहको दोस्रो कार्याकालको दुई वर्ष बितिसक्दा पनि लालबन्दी नगरपालिका १४ नारायण खोलाबासीले संविधानमा उल्लेख गरेका आधारभुत तथा नैसर्गिक अधिकारहरु समेत पाउनु नसक्नु दुखद् रहेको भन्दै उनले नगरपालिकाले दिने बजेटमा सर्लाहीको कर्णाली लालबन्दी नगरपालिका १४ नारायण खोलालाई प्राथमिकता दिनुपर्ने कुरा आफुले पटक पटक नगर कार्यापालिकामा उठाउने गरेको भएपनि सुगम वडाका वडा अध्यक्षहरुले त्यसको विरोध गर्ने गरेका कारण विकासको हुटहुटी बोकेर आफु निर्वाचनमा आई निर्वाचित भएको भएपनि सोचे अनुसारको काम गर्न नसकेको उनले दुखेसो पोखे ।
एउटा गाविसलाई एउटा वडा बनाइएको र विकट तथा दुर्गमलाई सडक पुर्वाधारका साथै शिक्षा,स्वास्थ्य,खानेपानी,सञ्चार र विद्यूतको समेत समस्या रहेको बताउँदै वडा अध्यक्ष घिसिङले“गाउँ गाउँको सिंहदरबार”जनताको घरघरमा आएको भनेपनि आफ्नै नगरपालिकाको सदरमुकाम लालबन्दी समम आउन जान समेत समस्या भएको बताए ।

सम्बन्धित समाचार