डिभिजन वन कार्यालय सर्लाहीले जिल्लाका सामुदायिक वन उपभोक्ता समुहहरुका लागि दुई दिने अभिलेख तथा लेखा व्यावस्थापन तालिम सञ्चालन गरेको छ ।जिल्लाका साुमदायिक वन उपभोक्ता समुहहरुले अभिलेख तथा लेखा व्यावस्थापन गर्न नसक्दा तथा तरिका नपुर्याउँदा विभिन्न किसिमका समस्याहरु आएका भन्दै दुई दिने अभिलेख तथा लेखा व्यावस्थापन तालिम सञ्चालन गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिवन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार जिल्लामा रहेको छ वटा सव डिभिजन वन कार्यालयहरु मध्य सामुदायिक वन रहेका पाँच वटा सव डिभिजन वन कार्यालय अन्र्तगत पर्ने सामुदायिक वन उपभोक्ता समुहहरुका पदाधिकारीहरुका साथै उपस्थित सदस्यहरुलाई दुई दिने अभिलेख तथा लेखा व्यावस्थापन तालिम सञ्चालन गरिएको हो ।
आईतबार र सोमबार भएको दुई दिने अभिलेख तथा लेखा व्यावस्थापन तालिममा सव डिभिजन वन कार्यालय घारी,बाँके,लालबन्दी,जानकीनगर र मुर्तिया अन्र्तगत रहेका सामुदायिक वन उपभोक्ता समुहहरुका पदाधिकारीहरुका साथै उपस्थित सदस्यहरुलाई तालिम प्रदान गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी एवम सहायक वन अधिकृत राकेश रन्जन दासले जानकारी दिए।उनका अनुसार सव डिभिजन वन कार्यालय मलंगवा अन्र्तगत सामुदायिक वनहरु छैनन् ।
विगत लामो समयदेखि निस्क्रिय रहेका सामुदायिक वन उपभोत्ता समुहहरुलाई सक्रिय गराउने र पछिल्लो समय स्थायी लेखा नम्बर अनिवार्य गरिएका कारण अभिलेख तथा लेखा व्यावस्थापन तालिम सञ्चालन गरिएको डिभिजन वन कार्यालय सर्लाहीका योजना शाखाका सजन चौधरीले बताए ।
उनका अनुसार जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समुहहरुले वार्षिक कार्ययोजना बनाउने,लेखापरिक्षण गर्ने,वार्षिक साधारण सभा र स्थायी लेखा नम्बर लिनुपर्ने अनिवार्य व्यावस्था अनुसार उनीहरुलाई केही सहज होस भनेर तालिम सञ्चालन गरिएको हो । सर्लाही जिल्ला भरमा ८३ वटा समुदायिक वन उपभोक्ता समुहहरु रहेका छन् भने अधिकांशको वार्षिक कार्ययोजना,लेखापरिक्षण,साधारण सभा र स्थायी लेखा नम्बर लिने काम भएको छ भने बाँकी रहेका सामुदायिक वन उपभोक्ता समुहहरु पनि सो कार्यमा लागिरहेका छन् ।