विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस र लामो समयदेखिको आर्थिक मन्दीका कारण सर्लाहीका अधिकांश ठूला,मझौला तथा साना व्यवसायीहरु धरासायी बन्दै गइरहेका छन्।लामो समयसम्म कोरोनाको माहामारीको मारमा परेर बिस्तारै तंग्रिन लागेको देशको अर्थ तन्त्र र व्यवसायीहरुलाई विश्व व्यापी रुपमा देखापरेको आर्थिक मन्दीको चपेटाले फेरी सताएको छ ।निक्कै ठूला र आर्थिक कारोबारमा उत्कृष्ट व्यवसायीहरु पनि अहिले आर्थिक प्रगतिको ओरालो यात्रातर्फ गइरहेको गुनासो गर्न थालेका छन् ।
बजारमा आर्थिक तरलताको अभाव झनै डरलाग्दो गरि फैलिएकाले समेत जिल्लाका निर्माण व्यावासायीहरुका साथै व्यापारीहरुले बताएका छन् ।जसको प्रतक्ष्य असर जिल्लाका सबै प्रकारका व्यापारी व्यापारीहरुका साथै निर्माण क्षेत्रमा पनि परेको छ ।नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था सहकारी तथा लघु बित्तहरुको लगानीको ठूलो हिस्सा जिल्लाका सबै प्रकारका व्यावसायहरुमा रहेको छ ।व्यापार प्रर्बद्धन हुनसके आर्थिक गतिबिधिहरु बढ्ने र बजारमा आर्थिक तरलता अभाव कम हुने आकांक्षामा बसेका लाखौं व्यवसायीहरु निरन्तरको आर्थिक तरलता र अभावले निराश बनेका देखिएका छन् ।