युवा निर्माण व्यावसायी पोख्रेलद्धारा विद्यालयलाई जर्सीसेट सहयोग

1.8k Shares


सर्लाहीको बागमती नगरपालिका ८ निवासी युवा निर्माण व्यावसायी चेतन पोख्रेलले बागमती नगरपालिकाका विभिन्न तीनवटा सामुदायिक विद्यालयहरुलाई जर्सीसेट सहयोग गरेका छन् । बागमती नगरपालिका ८ निवासी युवा निर्माण व्यावसायी पोख्रेलले बागमती नगरपालिका ५ स्थित सोल्टी बजारमा रहेको जनता मावि,बागमती नगरपालिका १० स्थित रहेको शंकरपुर प्रा.वि र जनजागृति प्रा.विलाई जर्सीसेट सहयोग गरेका हुन् ।

166820836_4076900042354468_6257008619949384380_n.jpg
धुलीखेल निर्माण सेवा कम्पनी प्रा.लिका सञ्चालक एवम युवा निर्माण व्यावसायी पोख्रेलले रु ३५ हजार बराबरको जर्सीसेट सहयाृग गरेका बागमती नगरपालिका ५ स्थित सोल्टी बजारको जनता माविका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए । विभिन्न समयमा विभिन्न किसिमका सामाजिक काममा सहयोग गरेर राम्रो छाप बनाएका युवा निर्माण व्यावसायी पोख्रेल र युवाराज पोख्रेल(दाजु भाई)ले समाजमा रहेका विपन्न तथा दुःख पाएका मानिसहरुलाई समेत सहयोग गर्दै आएका छन् ।

सम्बन्धित समाचार