सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको छ महिनामा करिब रु ७४ करोड बराबरको हरियोे तरकारी निकासी गरेको छ ।लालबन्दी नगरपालिका–७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि पुस मसान्त सम्मको छ महिनाको अवधिमा कुल रु ७३ करोड ८२ लाख ६४ हजार एक सय २५ बराबरको हरियो तरकारी निकासी गरेको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १४ करोड ३९ लाख ६१ हजार छ सय ५०,भदौमा रु १५ करोड ४८ लाख ५३ हजार चार सय ५०,असोजमा रु १६ करोड सात लाख ३६ हजार एक सय,कातिकमा रु १० करोड ७५ लाख १५ हजार चार सय ५०,मंसिरमा रु आठ करोड ५० लाख दुई हजार र पुसमा रु नौ करोड छ लाख ९५ हजार चार सय ७५ गरी कुल रु ७३ करोड ८२ लाख ६४ हजार एक सय २५ बराबरको हरियो तरकारी निकासी भएको हो ।
चालु आर्थिक वर्षको साउन महिनामा २८ लाख ९९ हजार छ सय किलो,भदौमा ३१ लाख ७८ हजार एक सय ५०,असोजमा ४१ लाख २४ हजार, कातिकमा २० लाख ६० हजार आठ सय,मंसिरमा १९ लाख ९० हजार एक सय ५० र पुसमा ३२ लाख एक सय ४० गरी कुल एक करोड ७४ लाख ५२ हजार आठ सय ४० किलो हरियो तरकारी निकासी हुँदा रु ७३ करोड ८२ लाख ६४ हजार एक सय २५ रकम संकलन भएको हो ।
जिल्लाको लालबन्दी,हरिवन,हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रका किसानहरुले उत्पादन गरेका हरिया तरकारीहरु लालबन्दी नगरपालिका–७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिको बजारमा आउने र यहाँबाट अन्यन्त्र पठाउने गरिएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए ।उनका अनुसार सिन्धुली,रामेछाप,काठमाडौँ,पोखरा,बुटवल,भैरहवा,नारायणघाट,नेपालगञ्ज,हेटौँडा,वीरगञ्ज,गौर,जनकपुर,सिरहा,विराटनगर,इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडी लगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।
संघिय सरकारअन्तर्गत रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीबाट गोलभेँडा,टमाटर,परबल,बोडी,सिमी,भन्टा,करेला,लौका,कांक्रो,फुलकोभी,बन्दाकोभी,घिरौला,झिगंनी,हरियो खुर्सानी,मुला,गाँजर,रुख कटहर,वल,भेडेखुर्सानी,फर्सी,धनियाँको पात,कागती,अदुवा,कटरकोसा,वेथुको साग,मुन्गा र आँप,स्कुस,पिडालु र हरियो प्याज लगायतका तरकारी लालबन्दीको बजारमा आउने र यहाँबाट अन्यन्त्र निकासी हुने गरेको समितिले जनाएको छ ।