मञ्जुश्री सम्वत २८६० औँ सोनाम ल्होछारको अवसरमा बागमतीमा शुभकामना आदानप्रदान

2k Shares

सर्लाहीको बागमतीमा आसन्न मञ्जुश्री सम्वत २८६० औँ सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।बागमती नगरपालिका–१२, स्थित साम्तेन देछेन छ्योई खोर्लिङ गुम्माको प्राङगणमा आईतबार २८६० औँ सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको नेपाल तामाङ घेदुङ बागमती १२ का अध्यक्ष गोपाल दोर्जे घिसिङले जानकारी दिए ।
नेपाल तामाङ घेदुङ बागमती १२ का अध्यक्ष घिसिङको अध्यक्षता एवम बागमती नगरपालिकाकी नगर उप प्रमुख लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुसंग परिचयात्मक भेटघाट,चियापान तथा शुभकामना आदान प्रदान गरिएको हो ।तामाङ समुदायको भेष भुषा र भाषा संस्कृतीको संरक्षणको लागि सबैले आ–आफ्नो तहबाट लागिपर्नु पर्ने कार्यक्रमकी प्रमुख अतिथि एवम बागमती नगरपालिकाकी नगर उृप प्रमुख मोक्तानले बताईन ।
कार्यक्रममा बागमती नगरपालिका १२, का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ,नेपाल तामाङ घेदुङ बागमती नगर समिति अध्यक्ष जय गोले,साम्तेन देछेन छ्योइ र्खोलिङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर थोकर लगायतको विशेष उपस्थिति रहेको स्थानीय रोशन दोङले जानकारी दिए ।

सम्बन्धित समाचार