वन कर्माचारी सहित सशस्त्र प्रहरीको टोली सामुदायिक वनमा गस्तीमा

2.1k Shares

सर्लाहीका सामुदायिक तथा साझेदारी वन समुहहरुको वन क्षेत्रमा वन कर्माचारीहरु सहित सशस्त्र प्रहरीको टोलीले संयुक्त गस्ती सुरु गरेको छ ।सर्लाहीमा रहेका छ वटा सव डिभिजन वन कार्यालयहरु मध्य सामुदायिक तथा साझेदारी वन समुहहरु रहेका पाँच वटा सव डिभिजन वन कार्यालयहरु मातहत रहेका सामुदायिक तथा साझेदारी वन समुहहरुका वन क्षेत्रमा हुने  वन तथा वनजन्य पदार्थहरुका साथै वन्यजन्तुहरुको चोरी तस्करी तथा सिकारी नियन्त्रण गर्न भन्दै संयुक्त गस्ती सुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।उनका अनुसार चुरे क्षेत्र आसपासका सामुदायिक वन समुहहरुका साथै तीन वटै साझेदारी वन क्षेत्रमा वन कार्यालय सहित सशस्त्र प्रहरीको टोलीले गस्ती सुरु गरेको हो ।

f1.jpg
पहिलाको तुलनामा अहिले सामुदायिक तथा साझेदारी वन समुहहरुको वन क्षेत्रमा चोरी तस्करी निकै कम भएको साथै सामुदायिक वन उपभोक्ता समुहहरु पनि सक्रिय रहेका सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख एवम सहायक वन अधिकृत सुभाष साहले बताए ।वन जन्य पदार्थहरुका साथै वन्यजन्तुहरुको चोरी तस्करी तथा सिकारी पुर्णरुपमा बन्द गर्न आफुहरु रात दिन लागि रहेकोमा सशस्त्र प्रहरीको टोलीपनि थपिएपछि झन सक्रियताका साथ वन गस्ती गर्न सुरु गरिएको भएको सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख एवम सहायक वन अधिकृत साहले बताए ।
डिभिजन वन कार्यालय सर्लाहीमा प्रमुख भएर डिभिजन वन अधिकृत मन्जुर अहमद् आएपछि वनजन्य पदार्थहरुका साथै वन्यजन्तुको चोरी तस्करी गर्नेहरुको निदहराम भएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ।डिभिजन वन अधिकृत अहमद्को सर्लाही आगमनसंगै जिल्लामा लामो समयदेखि निस्क्रिय रहेका सामुदायिक तथा साझेदारी वन समुहहरु पनि सक्रिय हुन थालेका छन् ।
जिल्लाका रहेका ८३ वटा सामुदायिक वन उपभोक्ता समुहहरु मध्य करिब ६० वटा सामुदायिक वन समुहहरुले वार्षिक कार्ययोजना बनाउने,लेखापरीक्षण गर्ने र साधारण सभा गर्ने काम गरि सकेका डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।उनका अनुसार जिल्लामा रहेका तीन वटा साझोदारी वन व्यावस्थापन समुहहरु मध्य दुईवटाको नयाँ समिति समेत चयन भई सकेको छ भने एउटाको नयाँ समिति केही दिनमै चयन हुने छ ।
जानकीनगर साझेदारी वन व्यावस्थापन समुह र लालबन्दी साझेदारी वन व्यावस्थापन समुहको नयाँ कार्यसमिति चयन भई सकेको र फुलजोर बाबा साझेदारी वन व्यावस्थापन समुह अन्र्तगत रहेको एउटा वडाबाट प्रतिनिधि चयन भएर आउन बाँकी रहेका कारण नयाँ कार्यसमिति चयन हुन बाँकी रहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसैगरी,बाँकी रहेका सामुदायिक वन उपभोक्ता समुहहरुको पनि धमाधम वार्षिक कार्ययोजना निर्माण भई रहेको छ भने वार्षिक लेखापरीक्षण  र साधारण सभा गर्ने तयारी पनि गरि रहेका डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ साथै जिल्लामा रहेका ९१ वटै निजी वन व्यावस्थापनको काम भई रहेको छ ।

सम्बन्धित समाचार