इश्वरपुर १२ मा वडा स्तरिय अपाङ्गता अभिमुखिकरण कार्यक्रम

1.4k Shares


सर्लाहीको इश्वरपुर नगरपालिका १२ मा वडा स्तरिय अपाङ्गता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।ईश्वरपुर नगरपालिका १२ कालिन्जोरमा अपाङ,अनाथ,बृद्ध उत्थान समाज नेपाल (Doopus Nepal)ईश्वरपुरले वडा स्तरिय अपाङ्गता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको अपाङ,अनाथ,बृद्ध उत्थान समाज नेपाल (Doopus Nepal)ईश्वरपुर १३ संस्थाका अध्यक्ष राम कैलाश महतोले जानकारी दिए ।
ईश्वरपुर नगरपालिका १२ मा वडा स्तरिय अपाङ्गता अभिमुखिकरण कार्यक्रममा अपाङगता जागरण अभियान कार्यक्रम तथा नेटवर्क सम्बन्धि कार्यक्रम गरिएको हो ।नेपालको संविधान २०७२,अपाङता नियमावली २०७७, अपाङ ऐन २०७४ र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार अपाङगता भएका व्यक्तिहरुको हक अधिकार मुद्धामा स्थानीय सरकार तयार रहेको जनप्रतिनिधिहरुले बताएका छन् ।उनीहरुले अगामी आर्थिक वर्षको बजेट बनाउँदा अपाङ्गता भएका व्यक्तिहरुको राय सुझाब लिएर उनीहरुलाई समेट्ने गरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाएका आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार