सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको नाममा दीपेन्द्र के खनाल निर्देशक भएर“मेयर”नामको फिल्म निर्माणको सुटिङ स्थलको अनुगमन तथा पहिचान गर्ने काम सुरु भएको छ।बागमती नगरपालिकाका नगर प्रमुख थापाको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले गरेका विकास निर्माणका साथै सुशासनलाई समेटेर“मेयर”नामको फिल्म निर्माणका लागि सुटिङ स्थलको अनुगमन तथा पहिचान गर्ने काम सुरु भएको नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।
सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका बागमती नगरपालिकाका नगर प्रमुख थापामाथि दीपेन्द्र आफैँ निर्माता भएर फिल्म“मेयर”बनाउने भएका हुन । दीपेन्द्रले यो फिल्मको छायांकन सर्लाही कै बागमती नगरपालिकाका विभिन्न विकास निर्माणका साथै नगर प्रमुख थापाले समाजमा खेलेका भुमिकाका साथै बागमती नगरपालिकाको विकास निर्माणको कामलाई समेटेर फिल्म“मेयर”निर्माण हुने बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप आचार्यले जानकारी दिए ।
दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित ताल बागमती माछा पोखरी(भरत ताल) निर्माण गरेर विशेष चर्चामा आएका नगर प्रमुख थापाको नेतृत्वको स्थानीय सरकारले बागमती नगरपालिकामा दर्जनौँ नगर गौरबका योजनाहरु सञ्चालन गरि रहेको छ ।
पहिलो कार्यकालमा नगर प्रमुख थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेलेका थिए।जस अनुसार दक्षिण यसिया कै सबै भन्दा ठुलो मानव निर्मिता बागमती माछा पोखरी(भरत ताल) निर्माण सुरु गरेका छन् ।पर्यटकीय क्षेत्रको विकास गर्दै स्थानीय बेरोजगार युवाहरुलाई गाउँ मै रोजगारी सृजना गर्दै नगरको आन्तरीक आय स्रोतलाई टेवा पुर्याउने उद्धेश्यले दक्षिण यसिया कै सबै भन्दा ठुलो मानव निर्मित बागमती माछा पोखरी(भरत ताल) निर्मार्ण सुरु गरेको नगर प्रमुख थापाको टिमले एक सय २८ बिघा क्षेत्रफलमा नगर बगैँचा निर्माण गरेको छ भने एक सय २१ विघामा फनपार्क निर्माण गरि रहेको छ ।
आफूले पर्यटकीय नगरीको रुपमा विकास गर्न चालेका सबै कदम अबको करिब तीन वर्षमा पूरा भएपछि कम्तीमा २० हजार स्थानीय बेरोजगार युवाहरुले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने बागमती नगरपालिकाका नगर प्रमुख थापाको दाबी छ ।उनले गरेको कामले नै उनलाई सर्वसाधारणले विश्वास गरेको छन् ।
“यो फिल्म लगभग बायोपिक हो,”फिल्मका निर्माता खनालले भने,“ अहिले सुटिङस्थलको पहिचान र स्थलगत अवलोकन भई रहेको भएपनि फागुन पहिलो साताबाट फिल्म निर्माणको काम सुरु हुन्छ।” निर्माता खनालले बताए ।निर्देशक एवम निर्माता खनालले आगामी फिल्म “मेयर”को घोषणा गर्दा धेरैले काठमाडौंका मेयर बालेन्द्र साह(बालेन)लाई सम्झिए । तर खनालले अर्का एक मेयरमाथि बायोपिक फिल्म बनाउने भएका छन् ।
गत वर्ष भएको स्थानीय तहको चुनावमा नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित भएका नगर प्रमुख थापा दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका हुन ।पहिलो कार्यकालमा नगर प्रमुख थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेले। ठूलो कृत्रिम तालको निर्माण गरी पर्यटक आकर्षणदेखि आम्दानी गर्नेसम्मको बनाएका छन् ।निर्देशक एवम निर्माता खनालको फिल्म “मेयर”को शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् ।खगेन्द्रले यो फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख थापाको भूमिका निर्वाह गर्नेछन् ।
फिल्ममा नगर प्रमुख थापाको आनीबानी,हुलिया र स्वभावसँग खगेन्द्रको धेरै कुरा मिल्ने भएकाले खगेन्द्र अभिनेताको रुपमा अनुवन्धित भएका निर्देशक एवम निर्माता खनालले बताए ।खगेन्द्रले केही दिनदेखि नगर प्रमुख थापाको आनीबानी र स्वभाव सिकिरहेका छन् । फिल्ममा खगेन्द्रले तन्नेरी अवस्थाका नगर प्रमुख थापा र अहिलेको उमेरको नगर प्रमुख थापा गरेर दुई चरणको पात्रको अभिनय गर्ने अर्काे निर्माता एवम नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।
पशुपतिप्रसाद,धनपति र भष्मे डनपछि दीपेन्द्र र खगेन्द्रबीच यो चौथो सहकार्य हो।फिल्म “मेयर”लाई नगर प्रमुख थापाका स्वकीय सचिव मैनाली र स्थानीय धु्रव चौलागाईले निर्माताको भुमिका खेल्ने भएका हुन ।नगर प्रमुख थापाका स्वकीय सचिव मैनालीका अनुसार फिल्मको स्किृप्ट राम्रो बनेका कारण निर्देशक खनालले आफैँ निर्माता भएर काम गर्न लागेका हुन ।नगर प्रमुख थापा गत वर्षको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए।उनी दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका हुन ।
१२१ विगाह क्षेत्रफलको मानव निर्मित पोखरी
बागमती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डको रुपमा सुरु गरेको गौरवको आयोजना पोखरीको निमार्ण कार्यको दुई चरण सम्पन्न भईसकेको छ ।पहिलो चरण अन्तरगत पोखरीको सम्पुर्ण डिजाईन तयार गरेर पर्खाल लगाउने र सफागर्ने कार्य सम्पन्न भएको र अहिले पोखरीको आधा भागमा पानी भरेर डुङ्गा सञ्चालन समेत भई रहेको छ भने अहिले दोस्रो र तेस्रो चरण अन्तरगतको सौदर्यकरणको काम भई रहेको छ । दिर्धकालिन रुपमा नगरको आयश्रोतको रुपमा समेत प्रयोग गर्न सकिने गरि पोखरीको परिकल्पना गरिएको नगरपालिकाले जनाएको छ ।
बागमती नगरपालिका ४ स्थित बागमतीको किनार बुडि बागमतीको नदि उकास जमिनमा पोखरी निर्माणाधिन अवस्थामा रहेको नगर प्रमुख थापाले बताए ।उनका अनुसार मानव निर्मिति पोखरी देशकै नमुना बन्ने छ । एक सय २१ बिगाह क्षेत्रफलको मानव निर्मित यो पोखरी दक्षिण यसिया कै विशाल मानव निर्मित पोखरी बन्ने नग प्रमुख थापाको दावी छ।
पोखरीमा माछा पालनसगै मुख्य रुपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको छ भने, निकट भविश्यमै नगरले गर्ने आम्दानी तथा यहाँका नागरिकको रोजगारी अर्को ठुलो लक्ष्य बन्ने देखिन्छ। पोखरीमा बोटिङ स्विमिङसगै पर्यटकका लागि आकर्षक होटल र खाजा घरको समेत निर्माण हुने छ। पुर्व पश्चिम लोकमार्गबाट करिब २ किलोमिटरको दुरीमा रहेको पोखरी अन्य गन्तव्यमा हिडेका पर्यटकका लागि समेत विश्राम स्थलको रुपमा विकास गर्न सकिने नगरको योजना छ ।पोखरी निर्माणको अर्को महत्वपुर्ण योजना स्थानीय स्तरमा रोजगारीको वातावरण पनि रहेकोले नगरका धेरै जनशक्तिले रोजगारी समेत पाउँने छन्।नगरले हरेक योजनामा नगरकै जनशक्ति परिचालन गर्दै आएकोले पोखरी निमार्णकै क्रममा समेत सयौ स्थानीयको गतिलो रोजगारी स्थलको रुपमा पोखरी निर्माणको काम भएको नगर उप प्रमुख मोक्तानले बताइन् ।
रु २८ करोडको सुविधा सम्पन्न फनपार्क
यस नगरपालिकाले अर्को गौरवको आयोजना रु २८ करोडको अत्यन्त सुविधा सम्पन्न फनपार्क हो।यस क्षेत्रमा मात्र नभएर यस प्रदेशमै नभएको सुविधा सहितको फनपार्क बागमती नगरपालिकाले निर्माण आरम्भ गरेको छ ।फनपार्कको पनि निर्माणको करिब अन्तिम चरणमा पुगि सकेको छ ।पहिलो चरणमा जग्गा अधिग्रहण,ठेक्का प्रकृया रहेको र सो काम सकेर अहिले फनपार्कको निर्माण करिब ५० प्रतिशत सम्पनन भई सकेको नगरपालिकाले जनाएको छ ।
फनपार्क बागमती नगरपालिका ११ स्थित बागमती नदी किनार बागमती सिंचाईको व्यारेज उत्तर हरिहर क्षेत्रमा निर्माण हुन लागेको हो। करिब ६७ रोपनी क्षेत्रफलमा निर्माण हुने फनपार्कको अनुमानित लागत रु २८ करोड रहेको नगरपालिका कार्यलयले जनाएको छ।फनपार्कमा सुविधा सम्पन्न अतिथि गृह देखि स्विमिङ पुल,पार्क भित्र बालवालिकाको लागी खेल्ने सामग्री सहितको चिल्ड्रेन पार्क,पिकनिक स्पट,आकर्षक झर्ना,रेस्टुरेन्ट तथा बागमती किनारमा नदी सयरको समेत व्यवस्था रहने उल्लेख छ।
पहिलो चरणमा पार्क निर्माणको लागि रु २४ करोडको बजेटको काम सकिएको छ । यस पार्कको निर्माणले बागमती नगरपालिकाको मात्र नभएर सर्लाही जिल्ला तथा मधेश प्रदेशको पर्यटकिय विकास र स्थानीयको आर्थिक उपार्जनमा ठुलो महत्व राख्ने नगर प्रमुख थापाले बताए । पार्कको तत्कालिन नेकपा(माओबादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचन्ड)ले शिलन्यास गरेका थिए ।
१८० विगाहको नगर बगैँचा,
नगरको अर्को गौरवको आयोजनाको रुपमा नगर बगैँचा रहेको छ ।नगरपालिका अन्तरगत वडा नम्बर ३, ४ र ११ मा गरेर १८० विगाह क्षेत्रमा नगरपालिकाले फलफुलका विरुवा रोपिएको छ। नगरको आय आर्जनको रुपमा विकास गर्नसके यस नगर बगैँचाले वेरोजगार सयौँ नागरिकहरुलाई रोजगार सृजना गर्ने नगरपालिकाले जनाएकोे छ। विकासलाई समेत रोजगार मुखी बनाउनु अपरिहार्य रहेको नगर प्रमुख थापाको भनाई छ।
बगैँचाका कारण नगरले यहि उत्पादन हुने फलफुलका लागि अन्यत्र निर्भर हुन नपर्ने र नगरले वार्षिक करोडौको फलफुल उत्पादन गर्ने गरी बगैचा निर्माण गरिरहेको छ।यसरी कृषि,पशु,बजार लगाएतको व्यवस्थापनमा समेत नगरले मुख्य रुपमा ध्यान दिईरहेको उप प्रमुख मोक्तानले बताइन् ।नगरको विकासको लागि नगरको पैसा कुनै पनि हालतमा नगरमै रोक्नु पर्ने भएकोले पनि यो योजनाहरु अपरिहार्य रहेको जनप्रतिनिधिहरुको भनाई छ।
१८ करोडमा सुविधा सम्पन्न आर्यघाट निर्माण सुरु
बागमती नगरपालिका १२ मा रु १८ करोड १४ लाखको लागतमा सुविधा सम्पन्न आर्यघाट निर्माण सुरु भएको छ ।छिमेकी स्थानीय तहको समन्वयमा बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारमा रु १८ करोड १४ लाखमा मधेश प्रदेशकै सबैभन्दा ठुलो र सुविधा सम्पन्न आर्यघाट निर्माण सुरु भएको हो ।
बागमती नदी किनारमा सुविधा सम्पन्न आर्यघाट नहुँदा स्थानीयले जताततै दाहसंस्कार गरि रहेका र मलामीहरुलाई पनि दाहसंस्कार अवधिभर बस्ने सुरक्षित स्थान नभएको भन्दै गुनासो आएपछि बागमती नगरपालिकाले मधेश प्रदेश कै सबैभन्दा ठुलो सुविधा सम्पन्न आर्यबाट निर्माण गर्न लागेको बागमती नगरपालिकाका नगर प्रमुख थापाले जानकारी दिए ।
एकै पटकमा १४ वटा सम्म शवको दाहसंस्कार गर्न सकिने गरि करिब १० बिघा क्षेत्रफलमा रु १८ करोड १४ लाखको लागतमा १८ महिनामा सक्ने गरि पृथ्वी ईन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लिले आर्यघाट निर्माणको ठेक्का लिएको बागमती नगरपालिकाले जनाएको छ ।
नगरको गौरबको योजनाको रुपमा निर्माण सुरु गरिएको आर्यघाटमा शिवको मुर्ती,खेल मैदान,फुलवारी,शौचालय,गोट,धारो,चौतारो,दाउरा स्टोर,प्रतीक्षालय र एशम्पीथियटर सहित बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट निर्माण सुरु गरेको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीले जानकारी दिए ।