सर्लाही ट्राफिकको सवारी साधन चेकजाँचमा कडाई,सबैको सहयोग आवश्यक रहेको प्रहरी निरिक्षक थापाको भनाई

1.8k Shares

सर्लाहीका मुख्य सडक तथा भित्रि सडक खण्डहरुमा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा कडाई गरेको छ।जिल्लामा ट्राफिक नियम पालना गराउने साथै ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई  कार्बाहीको दायरामा ल्याई राजश्वमा बृद्धि गराउने उद्धेश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही र मातहतका १० वटै युनिटहरुले चेकजाँचमा कडाई गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक मदन थापाले जानकारी दिए ।उनका अनुसार बढ्दो सवारी साधनको दुर्घटनाका साथै ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई मध्यनजर गर्दै सवारी साधन चेकजाँचमा कडाई गरिएको हो ।
“ट्राफिक नियमको उल्लंघटनका कारण बढ्दो सवारी दुर्घटनाका साथै युवाहरु लागु पदार्थ सेवन,माद्यक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने मानविय तथा भौतिक दुर्घटनालाई थोरै भएपनि न्युनिकरण गर्न सकियोस भनेर सवारी साधन चेकजाँचमा थप कडाई गरिएको हो।” जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक थापाले बताए ।
उनले सवारी साधन चलाउने क्रममा मानिसहरुले अपनाउने असावधानीको कारण हुने गरेको दुर्घटना न्यूनीकरण गर्नको चेकजांचलाई नियमित नै गरिएको भएपनि पछिल्लो समयमा थप कडाईका साथ चेकजाँच सुरु गरिएको बताए ।उनले ट्राफिक प्रहरीको चेकजाँचले मात्रै दुर्घटना न्युनिकरण सम्भव नरहेकाले सवारी चालकहरुका साथै यातायात व्यावसायीहरु र स्थानीय पनि सचेत रहनु पर्ने बताए ।

के छ सर्लाही ट्राफिकको पुस महिनाको राजश्व ?
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले पुसमा रु १९ लाख भन्दा बढी राजश्व संकलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले पुसमा रु १९ लाख ३७ हजार पाँच सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक मदन थापाले जानकारी दिए । उनका अनुसार एक हजार नौ सय सात वटा सवारी साधनहरुलाई कार्बाही गर्दा सो राजश्व संकलन भएको हो ।पुस महिनामा बस २८ वटा,ट्रक चार सय १७ वटा,मोटरसाईकल नौ सय ९६ वटा र अन्य सवारी साधनहरु चार सय ६६ वटा सवारी साधनहरु कार्बाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी पुस महिनामा २६ वटा दुर्घटना हुँदा पाँचजना पुरुषको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग समन्वय गरी ट्राफिक नियम विपरीत सञ्चालित सवारी साधनहरुलाई कारवाहीको दायरामा ल्याइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक थापाले जानकारी दिए ।जिल्लामा अत्यधिक मात्रामा हेल्मेट नलगाई मोटरसाइकल चलाउने गरेको समस्या देखिएको साथै बिना हेल्मेट चलाइएका मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाईते हुने तथा मृत्यु समेत भएको घटना अत्यधिक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
हेल्मेट नलगाइ चलाइने मोटरसाइकल चालकलाई पहिलो पटक सम्झाउन र पुनःट्राफिक नियमको उल्लंघन गरेको पाइएमा कारवाही गर्न फिल्डमा खटिने ट्राफिक प्रहरी कर्माचारीहरुलाई निर्देशन दिएको उनले बताए ।जिल्लामा पूर्व–पश्चिम लोकमार्गमा ट्राफिक नियमको पालना हुने गरेको भएपनि भित्री सडकहरुमा ट्राफिक प्रहरी नरहने भएकाले अधिकांशले ट्राफिक नियमको उल्लंघन गर्ने गरेका पाइएको छ।ट्राफिक नियमको अत्यधिक उल्लंघन हुने भित्री सडकमै मोटरसाइकलहरु गम्भिर किसिमका दुर्घटना हुँदा जनधनको धेरै क्षति हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार