बागमती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उप सचिव पुरी हाजिर,

2.4k Shares

सर्लाहीको बागमती नगरपालिकाले लामो समयपछि प्र्रमुख प्रशासकीय अधिकृत पाएको छ । विगत लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेको बागमती नगरपालिकामा उपसचिव हरिलाल पुरी प्रमुख प्रशासकीय अधिकृत भएर बिहीबार हाजिर भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकाबाट सरुवा भएर उप सचिव पुरी बागमती नगरपालिका आएका हुन् ।उपसचिव स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने भएपनि बागमती नगरपालिकामा लामो समयदेखि अधिकृत स्तरका कर्मचारी विमलकुमार पोखरेलले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर चलाएका थिए ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत पुरीलाई बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापा,बागमती नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरुका साथै नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका छन् ।देशभरका धेरै स्थानीय तहहरु मध्य बागमती नगरपालिकाका जनप्रतिनिधिहरु विचको एकताका कारण कर्माचारीहरुलाई काम गर्न निकै सहज छ ।

सम्बन्धित समाचार