सर्लाहीका मूर्तिकारहरू सरस्वतीको मुर्ति बनाउन व्यस्त

2.1k Shares

विद्याकी देवी सरस्वतीको पूजा नजिकिए संगै सर्लाहीका कालिगढ (मूर्तिकार)हरूलाई मुर्ति बनाउन भ्याई नभ्याई भएको छ।वसन्तपञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजा नजिकिएसंगै जिल्लाका कालिगढ (मूर्तिकार)हरूलाई विभिन्न आकार–प्रकारका सरस्वतीका मुर्ति बनाउन भ्याई नभ्याई भएको हो ।वसन्तपञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजामा सरस्वतीको मुर्तिबाट राम्रो आम्दानी हुने भएकाले जिल्लाका कालिगढ (मूर्तिकार)हरू मुर्ति बनाउन व्यस्त भएको स्थानीय कालिगढ (मूर्तिकार)हरुले बताए ।विद्यालयहरुमा सरस्वतीको पूजाको लागि मुर्तिको प्रयोग गरिने भएकाले अहिले सरस्वतीको मूर्ति बनाउन आफुहरु व्यस्त रहेका छन् ।
मूर्तिको आकार हेरेर मूल्य तोकिने भएपनि एउटा मुर्ति रु दुई हजार देखि रु १४ हजार सम्ममा बिक्री हुने गरेको उनीहरुको भनाई छ ।गणेश पुजा,कृष्ण जन्माष्टमी,विश्वकर्मा पुजा र दुर्गा पुजामा गरि मुर्ति बेचेर करिब रु तीन लाख कमाएको उनीहरुको भनाई छ ।मुर्ति बनाउन एकजनाले मात्र नसक्ने भएकोले घर परिवारकै सदस्य र सहयोगी कालिगढ (मूर्तिकार)हरु राखेर मूर्ति बनाउन लागेको कालिगढ (मूर्तिकार)हरुले बताए ।सरस्वती पुजाको लागि विगतका वर्षहरु भन्दा यस वर्ष बढी मुर्तीहरुको अर्डर आएको पंडितले बताउनु भयो । वर्षभरी मूर्ति बेचेर वार्षिक करिब रु तीन लाखसम्म आम्दानी गर्ने गरेको उनीहरुको भनाई छ ।
खासगरी कुमाल जातीले मात्र मुर्ति बनाउने गरेका भएपनि पछिल्लो समय अन्य जाती तथा समुदायहरुका मानिसहरुले पनि मुर्ति बनाउने पेशा अपनाउन थालेका स्थानीय जानकारहरु बताउँछन् ।अधिकांश  नीजि तथा सामुदायिक विद्यालयहरुले सरस्वती पूजाको लागि आफ्नो चाहना अनुसारको मुर्ति बनाइदिन भन्दै करिब डेढ  महिना अगाडि नै कालिगढ (मूर्तिकार)हरुलाई अर्डर(सुचना) दिने गरेका छन् ।
विद्यालय बाहिर टोल बस्तीमा गरिने पुजाको लागि भने पुजाको एकदिन अगाडी बिक्री स्थलमा गएर आफ्नो आर्थिक सामथ्र्य अनुसारको सरस्वतीको मुर्ति छानेर खरिद गर्ने गरिएको स्थानीयले बताए ।मुर्तिको साइज हेरेर रु दुई हजार देखि रु १५ हजार सम्म मुल्य पर्ने गरेको कालिगढ (मूर्तिकार)हरुले बताउने गरेका छन्।अर्डर राम्रो आए र बनाएको मुर्ति सबै बिक्री भएको खण्डमा सिजनमा सबै खर्च कटाएर करिब रु एक लाख आम्दनी हुने गरेको कालिगढ (मूर्तिकार)हरु बताउँछन् ।

सम्बन्धित समाचार