पर्यटन प्रर्वद्वनका लागि भन्दै लालबन्दी नगरपालिकाले पदयात्रा गर्ने

2.3k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले पर्यटन प्रर्वद्वनका लागि भन्दै पदयात्रा गर्ने भएको छ ।लालबन्दी नगरपालिका भित्रका प्रमुख ऐतिहासिक,धार्मिक,सांस्कृतिक,पुरातात्विक तथा भौगोलिक पर्यटकीय गन्तव्यहरु पहिचान तथा प्रर्वद्वनका लागि पदयात्रा सुरु गर्न लागिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए ।उनका अनुसार पदयात्रा कार्यक्रम पर्यटन प्रर्वद्वन र नगरवासीको वैकल्पिक आय आर्जनको मार्ग पहिचानका लागि पनि कोशेढुङ्गा सावित हुने छ।

नगरभित्रको स्थानीय मौलिक खाना,प्रमुख पर्यटकीय गन्तव्य,धार्मिक,ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुको प्रचार प्रसारमा कार्यक्रम फलदायी रहने नगर उप प्रमुख कल्पना माया पाख्रिनले बताइन् ।उनका अनुसार पदयात्रा लालबन्दी नगरपालिका १३ नारायण डाँडाबाट सुरु भई कर्मडण्डी,बाहुनेडाँडा,अर्नेडाँडा हुँदै कालिन्जोर खोला सम्मको रहने छ । प्रचार प्रसारको अभावमा लालबन्दी नगरपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्य छाँयामा पारेका कारण पनि पदयात्रा महत्वपूर्ण रहेको नगर प्रवक्ता एवम लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले बताए ।

सम्बन्धित समाचार