नेपाल रेडक्रस सोसाईटी उप शाखा लालबन्दीकोे १६ औँ उपशाखा सभा सम्पन्न भएको छ ।लालबन्दी नगरपालिका ५ स्थित जरुवा पानीमा रहेको संस्थाको निर्माणाधीन भवनमा उपशाखा सभापति ध्रुवप्रसाद घिमिरेको अध्यक्षता एवम लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा १६ औँ उपशाखा सभा सम्पन्न भएको हो ।
सम्पन्न १६ औँ उप शाखा सभामा नेपाल रेडक्रस सोसाईटी सर्लाहीका सभापति नागेन्द्र प्रसाद चौधरी, उपसभापति भवानी कोइराला,लालबन्दी उपशाखाका संस्थापक सभापति नारायण काजी जोशी लालबन्दी नगरपालिकाको विभिन्न वडाका वडाध्यक्षहरु,लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलगायतको विशेष उपस्थिति रहेको थियो ।
लालबन्दी नगरपालिका ५ स्थित जरुवा पानीमा रु एक करोड ३५ लाखमा नेपाल रेडक्रस सोसाईटी उप शाखा लालबन्दीले आफ्नै भवन निर्माण गरि रहेको निर्माण समितिका संयोजक भरत गौतमले जानकारी दिए ।उनका अनुसार तीन तले भवन निर्माण अन्तीम चरणमा पुगेको छ ।