शसस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका बाहिनी पति एवम शसस्त्र प्रहरी प्रमुख डिआइजी दिपेन्द्र शाह पुरस्कृत भएका छन् ।शसस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका बाहिनी पति एवम शसस्त्र प्रहरी प्रमुख डिआइजी शाहलाई ८ वटा बाहिनी पति मध्ये उत्कृष्ट बाहिनी पतिको रुपमा पुरस्कृत भएका शसस्त्र प्रहरी बल नेपाल मुख्यालय स्रोतले जनाएको छ ।
देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनी पतिहरू मध्ये शसस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका बाहिनी पति एवम शसस्त्र प्रहरी प्रमुख डिआइजी शाह उत्कृष्ट ठहरिएका सशस्त्र प्रहरी बल नेपाल मूख्यालय स्रोतले जनाएको छ ।८ जिल्लाको कमान्ड रहेको शसस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी र मातहतका शसस्त्र प्रहरी कार्यालयहरुले नेपाल भारत खुल्ला सिमानामा हुने गैर कानुनी कार्यहरु न्युनिकरण र राजश्व वृद्धिमा उल्लेख भुमिका निर्वाह गरेका शसस्त्र प्रहरी मुख्यालयले उनलाई सम्मान गर्ने ठहर गरेको हो ।खुल्ला सिमानाका कारण मधेस प्रदेशका जिल्लाहरुका चार सय ६४ किलो मिटर खुल्ला सिमाना रहेको छ ।
सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि र राजश्व छलीलाई समेत न्यूनीकरण गरेको भन्दै शसस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका बाहिनी पति एवम शसस्त्र प्रहरी प्रमुख डिआइजी शाहलाई सशस्त्र प्रहरी बल स्थापना भएको दिन माघ ९ गते अर्थात शसस्त्र प्रहरीको स्थापना दिवशको अवसरमा शसस्त्र प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको हो ।
त्यसैगरी मधेश प्रदेशका जिल्लाका १४ जना शसस्त्र प्रहरी अधिकारीहरु पनि पुरस्कृत भएका छन् ।सर्लाहीको शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट(बिओपी) त्रिभुवननगरका प्रमुख एवम शसस्त्र प्रहरी निरिक्षक सागर राई र शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फरहदवाका प्रमुख एवम सई सन्तोष साह पनि पुरस्कृत भएका शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।वर्षभरीमा उत्कृष्ट भएका बाहिनी,तालिम केन्द्र,गण,गुल्म,वेश र बिओपीहरूलाई सशस्त्र प्रहरी बल स्थापना भएको दिन हरेक वर्ष माघ ९ गते शसस्त्र प्रहरी प्रधान कार्यालय तथा सम्बन्धी क्षेत्रका बाहिनीहरुले पुरस्कृत गर्ने गरेका छन् ।