बागमती १ का विभिन्न बस्तीमा शुद्ध पिउँने पानी पुर्याउन नगर प्रमुख थापा सहित जनप्रतिनिधिहरु कसिए

2k Shares

सर्लाहीको बागमती नगरपालिका १ का विभिन्न स्थानमा शुद्ध पिउने पानीको व्यावस्था गर्न भन्दै जनप्रतिनिधिहरुले अनुगमन सुरु गरेका छन् ।बागमती नगरपालिका १ का विभिन्न स्थानमा लिफ्टिङ प्रणालीबाट पानी खुवाउन भन्दै बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा सहितका जनप्रतिनिधिहरु स्थलगत अनुगमनमा निस्केका छन् ।बागमती नगरपालिकाका नगर प्रमुख थापा र बागमती नगरपालिका १  का वडाध्यक्ष गम्भिर सिँ पाख्रिन लगायतको टोलीले पानीको मुहान लिफ्टिङ ट्यांकी लगायतको स्थानको स्थलगत अनुगमन गरेका हुन् ।

 बागमती नगरपालिका १ स्थित चुरे क्षेत्रको दाप डाँडा,वाईवा डाँडा,स्याङतान टोला,घिसिङ टोला लगायत करिब आधा दर्जन दुर्गम गाउँमा खानेपानीको समस्या समाधान गर्न भन्दै स्थलगत अनुगमन गरिएको बागमती नगरपालिकाका नगर प्रमुख थापाले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिका १ का विभिन्न दुर्गम गाउँका स्थानीयलाई खानेपानीको समस्या समाधानको लागि तत्काल बैकल्पीक व्यावस्था स्वरुप पानी ट्यांकी खरिद गरेर उक्त क्षेत्रका नागरिकलाई शुद्ध पिउँने पानीको व्यावस्था गरिएको थियो ।

बागमती नगरपालिकाका नगर प्रमुख थापाले पहिलो पटक निर्वाचित भएलगतै कार्यपालिकाले सवारी सुविधाको लागि छुट्याएको बजेटबाट पानीको ट्यांकर खरिद गराएर तत्काल बैकल्पीक व्यावस्था स्वरुप पानी ट्यांकी खरिद गरेर उक्त क्षेत्रका नागरिकलाई शुद्ध पिउँने पानीको व्यावस्था गरेका बागमती नगरपालिका १ का वडा अध्यक्ष पाख्रिनले जानकारी दिए ।उनका अनुसार उक्त ट्यांकरले अहिले पनि बागमती नगरपालिका १ का विभिन्न गाउँमा नियमित शुद्ध पिउँने पानी पुर्याउदै आएको छ ।

सिन्धुलीको हरिहरपुरगडी गाउँपालिका ६ स्थित सानो कौवाबाट आठ सय मिटर तल रहेको धारा खोल्सीको पानी सानो कौँवा ल्याउन नगर प्रमुख थापा लागि परेका छन् ।सोही योजना अनुसार सोलार प्रविधिको प्रयोग गरेर सानो कौँवामा निर्माण भएको एक लाख लिटरको रिर्जभ ट्यांकीमा पानी जम्मा गरेर बागमती नगरपालिका १ का दाप डाँडा,वाईवा डाँडा,स्याङतान टोला,घिसिङ टोलामा केही समय पानी वितरण समेत भएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिइन् ।उनका अनुसार सोलार सिस्टमले नियमित काम नगरेपछि योजना सफल नभएपछि नगर प्रमुख थापा सहित जनप्रतिनिधिहरु बागमती नगरपालिका १ का दाप डाँडा,वाईवा डाँडा,स्याङतान टोला,घिसिङ टोला लगायतका बस्तीमा दिर्घकालीन रुपमा पानीको व्यावस्था गर्न लागि परेका हुन् ।

उक्त स्थानमा अहिले बिद्युत सेवा पुगेकोले मेसिन राखेर फेरी पानी लिफ्टिङ गरेर नागरिकहरुलाई शुद्ध पिउँने पानीको सुविधा पुर्याउन सकिने नगर प्रमुख थापाले बताए ।जसबाट बागमती नगरपालिका १ का दाप डाँडा,वाईवा डाँडा,स्याङतान टोला,घिसिङ टोला लगायत बस्तीका करिब ७० प्रतिशत घरधुरी लाभान्वित हुने नगर प्रमुख थापाले बताए । आफुहरुलाई खानेपानी र सडक सुविधाको लागि नगर प्रमुख थापा,नगर उप प्रमुख मोक्तान, वडाध्यक्ष पाख्रिन लगायत जनप्रतिनिधिहरुले ठुलो भुमिका निर्वाह गरेका स्थानीयले बताए ।

सम्बन्धित समाचार