छिन्नमस्ता बाहिनी मधेश प्रदेशका शसस्त्र प्रहरी प्रमुख डिआइजी शाह पुरस्कृत हुँदै

2k Shares

शसस्त्र प्रहरी बल नेपाल २ नम्बर  छिन्नमस्ता बाहिनीका बाहिनी पति एवम  शसस्त्र प्रहरी प्रमुख  डिआइजी दिपेन्द्र शाह पुरस्कृत हुने भएका छन्  ।शसस्त्र प्रहरी बल नेपाल २ नम्बर  छिन्नमस्ता बाहिनीका बाहिनी पति एवम शसस्त्र प्रहरी प्रमुख डिआइजी शाहलाई ८ वटा बाहिनी पति मध्ये उत्कृष्ट बाहिनी पतिको रुपमा पुरस्कृत गर्न लागिएको शसस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक स्रोतले जनाएको छ ।
देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनी पतिहरू मध्ये शसस्त्र प्रहरी बल नेपाल २ नम्बर  छिन्नमस्ता बाहिनीका बाहिनी पति एवम शसस्त्र प्रहरी प्रमुख  डिआइजी  शाह उत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी बल नेपाल हल्चोक मूख्यालय स्रोतले जनाएको छ ।८  जिल्लाको कमान्ड रहेको सो शसस्त्र प्रहरी बल नेपाल २ नम्बर  छिन्नमस्ता बाहिनी र मातहतका शसस्त्र प्रहरी कार्यालयहरुले नेपाल भारत खुल्ला सिमानामा हुने गैर कानुनी कार्यहरु  न्युनिकरण र राजश्व वृद्धिमा उल्लेख भुमिका निर्वाह गरेका शसस्त्र प्रहरी मुख्यालयले ठहर गरेको छ ।खुल्ला सिमानाका कारण मधेस प्रदेशका जिल्लाहरुका चार सय ६४ किलो मिटर खुल्ला सिमाना रहेको छ ।
सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि र राजश्व छलीलाई समेत न्यूनीकरण गरेको भन्दै शसस्त्र प्रहरी बल नेपाल २ नम्बर  छिन्नमस्ता बाहिनीका बाहिनी पति एवम शसस्त्र प्रहरी प्रमुख डिआइजी  शाहलाई पुरस्कार प्रदान गर्न छनोट गरिएको शसस्त्र प्रहरी बल नेपाल मुख्यालयले जनाएको छ  । बर्षभरीमा उत्कृष्ट भएका बाहिनी,तालिम केन्द्र,गण,गुल्म,वेश र बिओपीहरूलाई सशस्त्र प्रहरी बल स्थापना भएको दिन हरेक वर्ष माघ ९ गते अर्थात शसस्त्र प्रहरीको स्थापना दिवशको अवसरमा शसस्त्र प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्ने गरेको छ ।

सम्बन्धित समाचार