सर्लाहीका दुई वटा पालिका संघिय सरकारको नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोटमा परेका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि एक सय चार वटा स्थानीय तह छनोट गर्दा सर्लाहीका दुईवटा पालिका छनोट भएका हुन ।
नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि,२०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका देशभरका एक सय चार वटा पालिका मध्य सर्लाहीको बागमती नगरपालिका र लालबन्दी नगरपालिका छनोट गरिएको मन्त्रालयले जनाएको छ ।
जसमा कोशी प्रदेशका २०,मधेस प्रदेशका १७,बागमती प्रदेशका १७,गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४,कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले जानकारी दिए ।उनका अनुसार दुई सय ४२ वटा स्थानीय तहहरुले निवेदन दिएका थिए तर,कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका एक सय चार वटालाई छनोट गर्दिा बागमती नगरपालिका र लालबन्दी नगरपालिका छनोटमा परेको हो ।
सामान्य प्रशासन मन्त्री अनिता देवी आफैँले निर्णय गरेर छनोट देशभरका एक सय चारवटा पालिका छनोट गरेकी हुन।छनोट भएका स्थानीय तहहरूमा एकमुष्ट रूपमा रु ८८ करोड ५० लाख पठाइएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत सापकोटाले जानकारी दिए ।