सर्लाहीमा करिब तीन सय हेक्टर क्षेत्रफलमा तरुल खेती

1.9k Shares

किसानहरुले उत्पादन गरेको तरुलले राम्रो मुल्य पाएपछि किसानहरु खुसी भएका छन् ।माघे संक्रान्तिको लागि विशेष उत्पादन हुने तरुलले राम्रो मुल्या पाएपछि जिल्लाका किसानहरु खुसी भएका छन् ।तरुल बिक्री बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि जिल्लाका किसानहरुको तरुलखेतीतर्फ आकर्षण बढ्दै गएको छ ।विगतका वर्षको तुलनामा तरुलले दोब्बर बढी मूल्य पाएपछि किसानहरु निकै खुसी भएका बागमती नगरपालिका ४ का किसान राजकिरण महतोले बताए ।उनका अनुसार गतवर्ष प्रतिकिलो करिब रु ४० मा बिक्री भएको तरुल यो वर्ष प्रतिकिलो करिब रु ८० सम्ममा बिक्री भइरहेको छ ।

लामो समयदेखि व्यावसायिक रुपमा तरुल खेती गर्दै आएका बागमती नगरपालिका ५ राजघाटका किसान यमकुमार मगरका अनुसार“यसवर्ष निकै राम्रो मूल्य पाएका छौं,अन्य वर्षको तुलनामा धेरै व्यापारी तरुल किन्न आइरहेका छन्।यसरी मूल्य पाउने हो भने किसानहरुलाई लागत र परिश्रम अनुसार राम्रो फाइदा हुनेछ ।”जिल्लाका किसानहरुले उत्पादन गरेको तरुल लिन ठेकेदार खेतबारीमै पुग्ने गरेका वागमती नगरपालिका ८ शंकरपुरका किसान जगबहादुर महतोले बताए । उनका अनुसार यसवर्ष १० कठ्ठा जमिनमा तरुलखेती गरेको र तरुलले राम्रो मूल्य पाएपछि आफूलाई खुसी लागेको छ ।उनले प्रतिकठ्ठा रु २५ हजारमा खेतबाटै व्यापारीले तरुल लैजाने गरेको बताए ।


सबै खर्च कटाएर तरुलखेतीबाट प्रतिकठ्ठा रु करिब २० हजार आम्दानी हुने गरेको जिल्लाका किसानहरुको भनाइ छ ।माघे सङ्क्रान्तिमा विशेष फलहारका रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत प्रयोग गर्न लैजाने गरेको किसानहरुको भनाई छ ।जिल्लाका किसानहरुले फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ । तरुल अहिले मजदुर लगाएर खन्ने काम भइरहेको छ ।“व्यापारीले उचित मूल्य दिए भने यहीं बेच्छु,नत्र ट्रकमा हालेर काठमाडौं लैजान्छु”उनले सुनाउनु भयो ।काठमाडौंसम्म पुर्याउन सके अझ राम्रो मूल्य पाइने उनले बताए ।“पाताले तरुलको बढी मूल्य पाइन्छ भने आकासे तरुलको कम मूल्य आउँने किसानहरुको भनाई छ ।”व्यापारीले जिल्लाका विभिन्न स्थानहरुमा फलेको तरुल काठमाडौं,पोखरा,धनगढी, वीरगन्ज र इटहरीलगायत मुलुकका प्रमुख शहरसम्म पु¥याउने गरेका छन् । 


तरुलखेती गर्दा जमिन हेरेर बीउ,खनजोत,मलखाद र गोडमेलसमेत गर्दा रु सात हजारदेखि १० हजार प्रतिकठ्ठा लगानी हुने गरेको किसानहरुको भनाइ छ ।यो मौसममा तरुल प्रतिकठ्ठा करिब रु ३० हजारसम्म आम्दानी हुने किसानहरुको भनाई छ ।राम्रो उत्पादन हुँदा तरुल प्रतिकठ्ठा करिब १० क्विन्टलसम्म उत्पादन हुने कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीले जनाएको छ ।


कार्यालयका अनुसार जिल्लामा दुई सय ८५ हेक्टर क्षेत्रफलमा तरुलखेती  हुने गरेको र झुसे(पाताले)र रातो तरुलको खेती हुँदै आएको छ ।जिल्लामा प्रत्येक वर्ष करिब पाँच सय टन तरुल उत्पादन हुने गरेको काार्यलयको तथ्यांकमा उल्लेख छ ।यसवर्ष बढी वर्षात् भएका कारण तरुल उत्पादनमा कमी आउने हो कि भन्ने किसानहरुलाई चिन्ता रहेको थियो तर,कम उत्पादन भए पनि मूल्य राम्रो पाउँदा किसानहरुलाई घाटा नहुने कृषि प्राविधिक सुरज खनालले बताए।

सम्बन्धित समाचार