हरिपुर्वाका उप सचिव यादवकाे पुन सरुवा,तीन पटक हाजिर तीनै पटक सरुवा

2.6k Shares

सर्लाहीको हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत(उप सचिव) शम्भु प्रसाद यादवको पुन ः सरुवा भएको छ । बैशाख देखि पुससम्म उपसचिव यादव पटक पटक गरि तीन पटक हरिपुर्वा नगरपालिकामा हाजिर हुनु भएको भए पनि तिनै पटक सरुवा भएको हो ।पहिलो पटक बैशाख १७ गते नगरपालिकामा हाजिर हुनु भएका उप सचिव यादव एक घण्टा मै सरुवा हुनु भएको थियो । त्यसपछि पाँच महिना पछि पुनःअसोज १७ गते नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा हुनु भई हाजिर भएका थिए ।

उनलाई हाजिर भएको २४ घण्टामै पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो । त्सयपछि मंसिर २८ गतेको निर्णय अनुसार उनलाई कामकाजका लागि धनुषााको नगराइन नगरपालिकाबाट सरुवा गरि हरिपुर्वा नगरपालिकामा पठाईएको थियो तर   पुस ११ गते हाजिर भएको एक महिना नबित्दै उप सचिव यादवलाई पुनः सिरहाको सिरहा नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको छ । 

विवाद झेलिरहेको हरिपुर्वा नगरपालिकामा चालू आर्थिक वर्षको छ महिना वितिसक्दा पनि नगर सभा हुन सकेको छैन भने विकास निर्माणको काम ठप्प भएको छ । साथै  कर्मचारीहरुले चालू आर्थिक वर्षको सुरुखान नपाएको भन्दै आन्दोलन समेत गर्नु परेको छ । समाजिक सुरक्षा भत्ताको रकम समेत वितरण हुन नसक्दा लाभग्राहीहरु मारमा परेका छन् ।तेस्रो पटकको लागि उप सचिव यादव पुस ११ गते नगरपालिकामा हाजिर भएपछि केही हुने आशमा बसेका हरिपुर्वा नगरवासी उप सचिव  यादवको अचानक पुन सरुवा भएपछि  पुनः निरास भएका नगर प्रमुख विनोद साह तेलीले बताए ।

सम्बन्धित समाचार