हरिवनमा अख्तियारकाे जनप्रतिनिधिहरुका साथै कर्माचारीहरुसंग अन्तर्क्रिया

2k Shares

सर्लाहीको हरिवनमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्दन सम्बन्धी स्थानीय तह स्तरीय अन्तर्क्रिया कार्यक्रम गरिएको छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय बर्दिवासले हरिवन नगरपालिकाका जनप्रतिनिधिहरुका साथै शिक्षक,कर्माचारीहरु र स्थानीयसंग भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्दन सम्बन्धी स्थानीय तह स्तरीय अन्तर्क्रिया कार्यक्रम गरेकाे हाे ।

आयाेगले गरेकाे अन्तर्क्रिया कार्यक्रम आर्थिक वर्ष २०८०/०८१ काे पुस मसान्तसम्ममा सर्लाहीका २० पालिकाबाट तीन सय ९५ वटा उजुरी परेका र एक सय ६० वटा उजुरी फर्छयाैट भएको आयाेगले जनाएको छ ।त्यसैगरी हरिवन नगरपालिकाका १२ वटा उजुरी आयाेगमा पारेका  एउटा उजुरी फर्छयाैट भएको साथै ११ वटा उजुरी छानविनकाे क्रममा रहेका आयाेगले जनाएको छ ।

सम्बन्धित समाचार