हरिवनमा दोस्रो अर्गानिक तरकारी प्रदर्शनी तथा खाना महोत्सव

1.6k Shares

सर्लाहीको हरिवनमा आइतबार दोस्रो अर्गानिक तरकारी प्रदर्शनी तथा खाना महोत्सव २०८० सम्पन्न भएको  छ ।
हरिवन चेम्बर अफ कमर्सले हरिवन  नगरपालिका ११ स्थित पूर्व–पश्चिम लाेकमार्ग छेउमा हरिवन चेम्दोवर अफ कमर्सले  वर्ष खाना  महोत्सव आयाेजना गरेकाे चेम्ब र अफ कमर्सका अध्यक्ष कृष्णराज ओमपाेतेले जानकारी दिए ।
उनका अनुसार स्थानीय स्तरमा फल्ने तरकारी तथा स्थानीय विभिन्न जातजातिका खानाका परिकारलाई प्राेत्साहन गर्न महाेत्सवले  टेवा पुर्याएकाे छ ।गतवर्षदेखि अर्गानिक तरकारी प्रदर्शनी तथा
खाना महोत्सव आयोजना सुरु गरिएको हरिवन चेम्बर अफ कमर्सले जनाएको छ ।
महाेत्सवमा १० भन्दा बढी स्टलहरु रहेका र केहीमा अर्गानिक तरकारी तथा फलफुलहरुका साथै केही स्टलहरुमा स्थानीय विभिन्न परिकारका खानेहरु राखिएको थियाे ।

सम्बन्धित समाचार