विकास देख्न नसक्नेहरुले अख्तियारमा उजुरी गर्दा जनताको समस्या सुन्ने समय वर्वाद भयो : नगर प्रमुख थापा

3k Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले स्थानीय तहमा जनताले चाहेको जस्तो विकास निर्माणको काम गर्न खोज्दा भाँजो हाल्नेहरुले अनावश्यक दुःख दिने गरेका बताए ।उनले जनताले चाहेको जस्तो विकास गर्न खोज्यो,जनताका समस्या समाधान गर्न खोज्यो,विकास र परिवर्तन देख्न नचाहने केही तत्वहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा अनावश्यक उजुरी गरेर आफुलाई हैरान पर्दा अख्तियारको पत्रको जवाफमा समय खर्चिुन पर्दा स्थानीय तहका विकास निर्माणका काम र जनताका समस्या तथा गुनासाहरु सुन्ने समय वर्वाद पारेका बताए ।
बागमती नगरपालिकामा निर्माणाधिन अवस्थामा रहेकोे दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित ताल बागमती माछा पोखरी(भरत ताल),सयौँलाई रोजगारी दिने नगर बगैँचार फनपार्कका साथै अन्य विकास निर्माणका काम देख्न नसकेर आफु हराउने अवस्था आएपछि षडयन्त्रकारीहरुले अख्तियारमा उजुरी गरेर आफुलाई जवाफ दिन धाउँदा धाउँदै जनताका समस्या,गुनासा र नगरको विकास निर्माणको काममा ध्यान पुर्याउन नपाउने चिन्ता बढेको नगर प्रमुख थापाले कमलामाई खबरलाई बताए ।
जनता सजग हुनु पर्छ तर अनावश्यक कुरामा उजुर बाजुर गर्दा जनताको काम गर्ने भनेर निर्वाचित भएका हामी जनप्रतिनिधिहरुले जनताको काम भन्दा बाहिर नै बढी समय लगाउनु पर्दा “गाउँ गाउँको सिंहदरवार”आएको जनताले महसुस गर्न नपाउने हुनकी भन्ने चिन्ता बढेको छ । नगर प्रमुख थापाले भने,“स्थानीय तहहरुले बद्मासी गरे त उजुर बाजुर ठिकै हो सजाए पनि पाउनु पर्छ तर बद्मासी नगर्ने स्थानीय तहहरु र जनप्रतिनिधिहरु यसको प्रत्यक्ष मारमा परको छन्।नचाँहिदो कुरामा उजुर बाजुर गर्ने निवेदकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कार्बाही पनि गर्ने कानुनको आवश्यक रहेको”नगर प्रमुख थापाले बताए ।
“वेनामी उजुरी हाल्ने र अनावश्यक दुःख दिने मानिसहरुको पहिचान गरि कडा सजाय भए धेरै जनप्रतिनिधिहरुले अनाहकमा दुःख पाउनु पर्ने थिएन् भने स्थानीय तहहरुका विकास निर्माणका साथै जनताका समस्या र गुनासाहरुमा काम गर्ने समय पनि बर्बाद हुने थिएन् ।”नगर प्रमुख थापाले थपे ।बागमती नगरपालिकाले दजर्नाै योजनाहरु नगर गौरबका योजनामा समेटी “गाउँ गाउँको सिंहदरवार” स्थानीय तह हो भन्ने जनतालाई आभाश दिलाउने गरी काम गरि रहेको पनि नगर प्रमुख थापाले दाबी गरे ।उनले “कुनै यात्रामा निस्केको मानिस कुनै सवारी साधनमा आउँदा बागमती नगर क्षेत्रको सडकमा प्रवेश गरेपछि स्वार्गको महसुस गरोस,बागमतीका सामुदायिक विद्यालयहरुमा अध्यायन गर्ने विद्यार्थीहरुको नतिजा नीजि विद्यालयहरुको भन्दा राम्रो र सक्षम भएको देख्दा गरिब किसान र मजदुर अभिभावकले गर्भ गरोस ।
छोरो विदेशमा छ फोन आउला नआउला, काम पाउला नपाउला,सकुसल घर आउला नआउला भन्ने चिन्तामा पीढिमा बसेकी आमाले बिहान घरमा पाकेको खाना खाएर बेलुका घरमै खाना खान आउन सक्ने गरि रोजगारी सृजना गरेमा खुसी व्यक्त गरुन् ।गाउँ मै रोजगारी सृजना भई विदेशिनु पर्ने अवस्थाको अन्त्य होस ।रोग लागेपछि अब कहा जाने,कति खर्च लाग्छ भन्ने चिन्ता नगरकै स्वास्थ्य संस्थाले हटायोस” भनेर आफुले काम गरि रहेको भएपनि यी सबै देख्न नसक्नेहरुले अनावश्यक दुःख दिँदा हैरान भएको नगर प्रमुख थापाले बताए ।

सम्बन्धित समाचार