जन कृषि सहकारीको १३ औँ वार्षिक साधारण सभामा २६ जनाले गरे रक्तदान,

2.5k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६, मा रहेको जन कृषि सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।लालबन्दी नगरपालिका ६ मा रहेको सहकारीका अध्यक्ष महेन्द्र महतोको अध्यक्षता एवम सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा ख की प्रदेश सभा सदस्य  बेची लुंगेलीको प्रमुख आतिथ्यता सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

लालबन्दी नगरपालिका ६ स्थित वडा नम्बर ६ को सभा हलमा  भएको वार्षिक साधारण सभामा राष्ट्रिय सहकारी बैंक हरिवन शाखाका प्रवन्धक नारायण लामिछानेको विशिष्ठ आतिथ्यता रहेको सहकारीका अध्यक्ष महतोले जानकारी दिए । उनका अनुसार सहकारीको १३ औँ वार्षिक साधारण सभामा गएको आर्थिक वर्ष २०७९/०८० को आय व्याय समेत प्रस्तुत गरिएको थियो ।

सहकारीले गएको आर्थिक वर्ष २०७९/०८० मा कूल रु एक करोड १९ लाख ९३ हजार पाँच सय ९७ रुपैयाँ ११ पैसा कारोवार गरी रु नौ लाख ९१ हजार सात सय १७ रुपैयाँ ९० पैसा खुद मुनाफा आर्जन गरेको सहकारीका प्रवन्धक हरेन्द्रकुमार झा (विपीन)ले जानकारी दिए। उनका अनुसार सहकारीले १३ औँ वार्षिक साधारण सभाको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।

सम्बन्धित समाचार