सर्लाहीको बागमती युवा क्लबका खेलाडीहरुलाई राइटलेन एजुकेसनल कन्सलटेन्सीले जर्सी तथा ज्याकेट लगायतका सामाग्री सहयोग गरेको छ ।बागमती नगरपालिका ११,स्थित स्व. सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा एक औपचारिक कार्यक्रमका विच राइटलेन एजुकेसनल कन्सलटेन्सीले बागमती युवा क्लबका खेलाडीहरुलाई जर्सी तथा ज्याकेट लगायतका सामाग्री हस्तान्तरण गरेको बागमती युवा क्लबका महासचिव एवम नगर खेलकुद समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।उनका अनुसार कन्सलटेन्सीले क्लवका खेलाडीहरुलाई जाडोमा लगाउने न्यानो ज्याकेट तथा गुणस्तरीय जर्सी सहितका समाग्रीहरु सहयोग गरेको हो ।
जर्सी तथा ज्याकेट लगायतका सामाग्री हस्तान्तरण कार्यक्रममा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती नगरपालिकाकी नगर उप प्रमुख लिला कुमारी मोक्तान,क्लवका पुर्व अध्यक्ष नविन काफ्ले बागमती नगरपालिका १२,का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ र क्लवका उपाध्यक्ष राम कुमार थापा लगायतको आतिथ्यता रहेको क्लवका सचिव कुमार प्रधानले जानकारी दिए ।
उनका अनुसार खेल क्षेत्रको विकासमा प्रोत्साहन गर्न भन्दै जर्सी तथा ज्याकेट लगायतका सामाग्री सहयोगी संस्थाले सहयोग गरेको भन्दै क्लवका अध्यक्ष किस्मतराज मैनालीले सहयोगी संस्थालाई धन्यवाद समेत दिए ।बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको संरक्षणमा बागमती युवा क्लबले खेल क्षेत्रलाई निकै अगाडि बढाएको र खेल क्षेत्रले नै देश तथा विदेशमा पहिचान बनाउन सक्ने कार्यक्रमका प्रमुख अतिथि एवम सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य कुशवाहले बताए ।