नेपाली कांग्रेस सर्लाहीका सह सचिव इन्द्र बहादुर योन्जनले महिला फुटबल खेलाडीहरुलाई सेनेटरी प्याड सहयोग गरेका छन्।सर्लाही जिल्ला फुटबल संघका महिला खेलाडीहरुलाई नेपाली कांग्रेस सर्लाहीका सह सचिव योन्जनले चार सय प्याकेट सेनेटरी प्याड सहयोग गरेका सर्लाही जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विभुसिंह थापाले जानकारी दिए ।उनका अनुसार आफुले पटक पटक नेपाली कांग्रेस सर्लाहीका सह सचिव योन्जनसंग आग्रह गरेपछि सेनेटरी प्याड सहयोग गरेका हुन ।
महिला फुटबल खेलाडीहरुका लागि अहिले लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण खेल मैदानमा अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा प्रशिक्षण चलि रहेको उपलब्ध सर्लाहीका फुटबल प्रशिक्षक बेनिबहादुर कटुवाल (श्याम) ले जानकारी दिए।उनका अनुसार प्रशिक्षण कार्यक्रममा ८ देखि १३ वर्ष उमेर समुहका ८० जना महिला खेलाडीहरुको सहभागीता रहेको छ ।