चन्द्रनगरमा सामाजिक सुरक्षा भत्ता पिएफटी प्रणालीबाट वितरण हुने,गा.पा अध्यक्ष महताेकाे झुटकाे खेतीकाे पर्दाफाँस

2.6k Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका भित्रका सामाजिक सुरक्षा  भत्ता लिने लाभग्राही(वृद्धवृद्धा)हरु बिहानै देखि गाउँपालिका कार्यालयकाे प्राङ्गणमा जम्मा भएका छन् ।चालू आर्थिक वर्ष २०८०/०८१ काे हाल सम्मपनि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै गाउँपालिका भरीका सबै ७ वटै वडाका वृद्धवृद्धाहरु गाउँपालिका कार्यालयकाे  प्राङ्गणमा जम्मा भएका चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महताेले बताईन् ।
उनका अनुसार गाउँपालिकाकाे चालू आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेकाे भए पनि काेष तथा लेखा नियन्त्रण कार्यालय  सर्लाहीसंग समन्वय गरि लाभग्राहीहरुकाे तथ्यांकअनुसार  सामाजिक सुरक्षा भत्ता सिधै खातामा पठाउन सकिने व्यावस्था अनुसार शुक्रबारदेखि वितरण सुरु गरिएको हाे ।
पटक पटक जिल्ला प्रशासन कार्यालय र काेष तथा लेखा नियन्त्रण कार्यालयसंग समन्वय गर्दै  निरन्तर र अथक प्रयास पश्चात गाउँपालिका भित्रका वृद्धवृदा,एकल महिला,दलित,विपन्न र अपाङ्गता भएको व्यक्ति र बालबालिकाले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बाटो खुलेकाे चन्द्रागर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महताेले जानकारी दिए । उनका अनुसार गाउँ सभा नभएपनि काेष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीले महालेखा नियन्त्रककाे कार्यालयसंग समन्वय गरी लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बाटाे खुलेकाे हाे  ।
गाउँ सभा नभए पनि सामाजिक सुरक्षा भत्ता  लिने लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण  गर्न    काेष तथा लेखा नियन्त्रण कार्यालयसंग पटक पटक अनुरोध गरे पश्चात कोलेनिकाबाट बाटाे खुल्ला गरिएकाे काेष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख एवम काेष नियन्त्रक निर्मल न्याैपानेले जानकारी दिए । 
उनले गाउँपालिका तथा नगरपालिकाकाे गाउँ सभा तथा नगर सभा नभए पनि   पिएफटी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिने भएकाले साेही अनुसार गरिएको बताए। चन्द्रनगर गाउँपालिकाका ७ वटा वडामा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरुकाे संख्या छ हजार दुई सय जना रहेका  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङले जानकारी दिए ।
यता, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महताेले उपा अध्यक्ष सहितका जनप्रतिनिधिहरुलाई बदनाम गराउने काम गरेका भए पनि उनकाे झुट प्रमाणित भएको नेकपा(माओवादी केन्द्र चन्द्रनगरका अध्यक्ष लाेकेन्द्र मुखियाले बताए ,उनका अनसार गाउँपालिका अध्यक्ष महताेले माओवादी केन्द्रका जनप्रतिनिधिहरुका कारण सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेकाे गाउँमा हल्ला चलाएका भएपनि तिनै माओवादी केन्द्रका जनप्रतिनिधिहरुकाे पहलमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु  भए पछि गाउँपालिका अध्यक्ष महताेकाे झुटकाे पर्दाफाँस भएको हाे ।सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही गाउँपालिका कार्यलयमा शुक्रबार बिहानैदेखि आएका भए पनि गाउँपालिका अध्यक्ष महताे कार्यालय आएनन् । जसबाट पनि उनले सामाजिक सञ्जालहरुमा गर्ने झुटकाे खेतीकाे पर्दाफाँस भएको पाईएकाे छ ।

सम्बन्धित समाचार