पुर्व पश्चीम लोकमार्ग अन्र्तगत लालबन्दी बजारको सडककै किनारमा फलफुल तथा विभिन्न खाद्यान्नका पसल राखिएका छन् ।पुर्व पश्चीम लोकमार्ग अन्र्तगत लालबन्दी बजार क्षेत्रमा सडक कै किनारमा फलफुल तथा ठेलागाडामा खाद्यान्नहरुका पसल राखिँदा दुर्घटनाको जोखिम बढ्नुका साथै बजार कुरुप देखिएको छ ।पुर्व पश्चीम लोकमार्ग अन्र्तगत लालबन्दीको जनवादी चोकदेखि बस्तीपुर सम्मको करिब १ किलोमिटरको दुरीमा सडक कै किनारमा फलफुल तथा चट्पटे पानी पुरीका ठेलागाडाहरु जथाभावि राखिएका छन् ।जसका कारण व्यस्त पुर्व पश्चीम लोकमार्गमा दुर्घटनाको जोखिम बढ्नुका साथै लालबन्दी बजार कुरुप देखिएको छ ।
लालबन्दी बजारको चोकका फलफूल तथा चटपने र पानीपुरीका ठेलागाडाहरुका साथै अटो,मयुरी,रिक्सा,म्याजिकहरु जथाभावि राखिँदा भिडभाड हुनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै त्यसलाई व्यावस्थापन गर्न भन्दै लालबन्दी नगरपालिकाले नगर प्रहरी भर्ना गरेको भएपनि अहिले नगर प्रहरी भए वा नभए उस्तै देखिएको छ ।एकातिर अति व्यस्त पुर्व पश्चीम लोकमार्ग अर्को तिर यात्रुको भिडभाड हुने ठाउँमै ठेलामा फलफुल तथा पचटपटे र पानीपुरीका पसल राख्दा दुर्घटनाको जोखिम बढेको स्थानीय व्यापारीहरुको भनाइ छ ।
व्यापारीहरुका अनुसार सडकमै ठेलागाडामा पसल राख्दा पैदल यात्रूलाई समस्या हुँदै आएको गुनासो छ । लालबन्दी नगरपालिका र सरोकारवाला निकायहरुले ती सडकमा व्यापार गर्ने ब्वपारीहरुलाई सुरक्षित स्थानमा व्यापार गर्ने वातावरण मिलाउनुका साथै अटो,मयुरी,रिक्सा,म्याजिकहरुलाई उचित स्थानमा पार्किङ गर्ने ठाउँ उपलब्ध गराउनु पर्ने स्थानीय जानकारहरु बताउँछन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले सडक मै ठेला पसल राख्नेहरुलाई समय समयमा सम्भावित दुर्घटनाका बारेमा सचेत गराउने गरेको भएपनि अन्यन्त्र विकल्प नहुँदा उनीहरु सडक किनार मै बसी रहेका छन् ।