लालबन्दीमा ८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण सुरु

1.8k Shares

सर्लाहीको लालबन्दीमा बिहीबारबाट ८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण सुरु भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी ड्रिम्स एशिया फाउण्डेसनको सहयोगमा लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण खेल मैदानमा ८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण सुरु गरेको जिल्ला फुटबल संघ सर्लाहीका उपाध्यक्ष विभुसिंह थापाले जानकारी दिए ।


 उनका अनुसार जिल्ला फुटबल संघ सर्लाहीका अध्यक्ष ठाकुर बहादुर सुस्लिङ (विष्णु)को अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय उपाध्यक्ष दावा लामाको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण खेल मैदानमा ८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण उद्घाटन गरिएको हो । ग्रासरुटमा भएको यस प्रकारको प्रशिक्षणबाट उमेर समूहका फुटबल खेलाडी उत्पादनमा टेवा पुग्ने प्रशिक्षणको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै एन्फाका उपाध्यक्ष लामाले  विश्वास व्यक्त गरे ।
लालबन्दी,ईश्वरपुर, हरिवन र बागमतीबाट ८ देखि १३ वर्षसम्मका महिला र पुरुष गरी फुटबल खेलप्रति रुची राख्ने ८० जना बालबालिकाहरु यस जिल्ला स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । ती बालबालिकालाई फुटबल प्रशिक्षक बेनी बहादुर कटुवाल,अर्जुन चौधरी,मिन बहादुर ब्लोन र बिक्रम लामाले प्रशिक्षण दिने जिल्ला फुटबल संघ सर्लाहीका महासचिव कुलप्रसाद गौतम (शिवहरि) ले जानकारी दिए ।
कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,लालबन्दी नगरपालिकाको खेलकुद विकास समितिका संयोजक तथा लालबन्दी नगरपालिका १७ का वडाध्यक्ष विष्णुहरि अधिकारी,जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष तथा लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेश बहादुर थापा,एन्फाका पंकज बहादुर शाहीलगायतको आतिथ्यता रहेको जिल्ला फुटबल संघ सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार