लालबन्दी ९ का १ सय ६१ जनालाई सम्मान सहित हिटर वितरण

1.9k Shares

लालबन्दी नगरपालिका ९ ले आफ्नो वडाका ज्येष्ठ नागरिकहरुलाई हिटर वितरण गरेको छ । बढ्दो चिसोलाई मध्यनजर गरी लालबन्दी नगरपालिका ९ ले वडाभित्र सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही सुचिमा आवद्ध भएका ज्येष्ठ नागरिकहरुलाई हिटर वितरण गरेको लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष नारायण अधिकारीले जानकारी दिए ।
उनका अनुसार एक सय एक वर्षका दुई जना ज्येष्ठ नागरिकहरु सहित ६८ वर्षमाथिका एक सय ६१ जना ज्येष्ठ नागरिक र ६० वर्षमाथिका तीन जना दलित ज्येष्ठ नागरिकहरुलाई हिटर वितरण गरिएको हो ।एक सय एक वर्षीया हेमकुमारी पोखरेल र डोरमाया दाहाललाई घरमै पुगेर दोसल्ला ओढाएर सम्मान गर्दै हिटरसँगै सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको लालबन्दी नगरपालिका ९ की वडा सचिव झटककुमारी खत्रीले जाकनारी दिईन् ।उनका अनुसार अन्य ज्येष्ठ नागरिकहरुलाई भने वडा कार्यालयमै बौलाएर हिटर वितरण गरिएको हो ।
हिटर वितरण कार्यक्रममा लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष अधिकारी, वडा सदस्यहरु हरिमाया बस्नेत,ललिता कुमारी भुजेल,भिमबहादुर थापा मगर र वडा सचिव खत्री समेतको उपस्थिति रहेको वडा सदस्य विनोद तिमल्सिनाले जानकारी दिए । चिसो बढैसंगै वडा कार्यालयले हिटर वितरण गरेपछि लालबन्दी नगरपालिका ९ का जेष्ठ नागरिकहरु खुसी भएका छन् ।

सम्बन्धित समाचार