सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा रहेको सिकारु सामुदायिक सिकाइ केन्द्रको पाँचौ वार्षिक साधारण सभाले अध्यक्षमा पुन जंग बहादुर महतोलाई नै चयन गरेको छ ।केन्द्रका अध्यक्ष महतोको अध्यक्षता एवम सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (क) का प्रदेश सभा सदस्य जवाहर लाल कुशवाहको प्रमुख आतिथ्यतामा भएको केन्द्रको पाँचौ वार्षिक साधारण सभाले पुन महतोलाई नै अध्यक्षमा चयन गरेको हो ।
महतोको अध्यक्षतामा ११ सदसिय संचालक समिती समेत गठन गरिएको केन्द्रले जनाएको छ । केन्द्रको उपाध्यक्षमा राम नारायण महतो,सचिवमा राजकिशोर साह,सदस्यहरुमा यसोदा श्रेष्ठ,शान्ति देवी,रामदुलारी साह र ललिता महरा चयन भएका संस्थाका नव निर्वाचित सचिव साहले जानकारी दिए ।त्यस्तै,बागमती नगरपालिका ८ का वडाध्यक्ष डम्बर बहादुर कार्की,बागमती नगरपालिकाको शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्याय र बागमती नगरपालिका ८ स्थित शंकरपुरमा रहेको नव जन जागरण माविका प्रधानाध्यापक बद्री प्रसाद पोख्रेल केन्द्रको पदेन सदस्यमा चयन भएका छन् ।
केन्द्रको साधारण सभामा बागमती नगरपालिकाकी नगर उपप्रमुख लिला कुमारी मोक्तान, अभियान नेपाल सामुदायिक सिकाइ केन्द्र गोडैताका अध्यक्ष रामचन्द्र कुशवाह,काका सामुदायिक सिकाइ केन्द्र बलराका डा.कमलेश्वर कुमार सिन्हा,बागमती नगरपालिकाका शिक्षा प्रमुख उपाध्याय लगायतको विशिष्ट अतिथ्यता रहेको थियो ।