सर्लाहीबाट सात जना महिला खेलाडी माघमा हुने साफ अण्डर नाईन्टीन महिला च्याम्पियन सिप २०२४ का लागि प्रथम चरणको छनोटमा परेका छन् । जिल्ला फुटबल संघ सर्लाहीले च्याम्पियन सिपका लागि जिल्लाका विभिन्न क्षेत्रबाट प्रशिक्षणमा आएका मध्येबाट उत्कृष्ट सात जनाको नाम प्रथम चरणको छनौटका लागि सिफारिस गरेको जिल्ला फुटबल संघ सर्लाहीका उपाध्यक्ष विभुसिंह थापाले जानकारी दिए ।
उनका अनुसार जिल्लाबाट सिफारिस हुने महिला खेलाडीहरुमा सुनिता माझी,भुमि पुलामी, टिकामाया थापा मगर,मनिका माया वाईवा,दिया लामा,शुशिला सुस्लीङ र स्मृति मोक्तान रहेका छन् ।
जिल्लाको लालबन्दी,हरिवन र बागमती लगायतका स्थानबाट प्रशिक्षणमा सहभागी हुनु भएका महिला खेलाडीहरुमध्येबाट उत्कृष्ट सात जनाको नाम सिफारिस गरिएको जिल्ला फुटबल संघ सर्लाहीका उपाध्यक्ष थापाले जानकारी दिए । संघका पदाधिकारीहरु र प्रशिक्षकहरुले खेल क्षमता र प्रदर्शनको आधारमा सात जना महिला फुटबल खेलाडीहरुको नाम सिफारिस गरेको संघले जनाएको छ ।