सर्लाहीको मलंगवा नगरपालिकामा पुन प्रमुख प्रशासकीय अधिकृत भएर होमनाथ सुवेदी नै आएका छन् ।विगलत लामो समयदेखि मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर बसेका सुवेदी विगत केही समयदेखि जिल्ला समन्वय समिति सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मात्रै रहेका थिए।मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमको सरुवा भएपछि विचमा मलंगवा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो ।
मलंगवा नगरपालिकामा आईतबार पुन हाजिर भएका अधिकृत सुवेदीले मलंगवा नगरपालिकाका जनता र सेवाग्रहीको काम द्रुत गतिमा हुनुपर्ने भन्दै कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।उनले जनताले तिरेको करबाट आफुहरुले तलब भत्ता बुझेकोले सेवाग्राहीको कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्न आफुपनि लागि पर्ने र कर्माचारीहरुले पनि सोही अनुसार काम गर्नुपर्ने बताए ।प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई स्वागत गर्दै मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र यादवले नगरका जनप्रतिनिधिहरु र कर्माचारीहरु मिलेर मलंगवा नगरपालिकालाई जिल्लाकै नमुना,विकसित र सेवामुखी नगरपालिकाले बनाउने समेत प्रतिवद्धता जनाए ।