नगर प्रमुख थापाको बायोमेट्रिक समेटिएको “मेयर” फिल्ममा अभिनेता लामिछाने अनुवन्धित

2.5k Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको नाममा निर्माण हुने “मेयर”बायोमेट्रिक फिल्मको शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुवन्धित भएका छन्।निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म “मेयर”बाया को शीर्ष भूमिकामा अभिनेता लामिछाने अनुवन्धित भएका हुन् ।
निर्माता खनाल र अभिनेता लामिछानेबीच लिखित सहमति भएको बागमती नगरपालिकाका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।उनका अनुसार खनालले यो फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख थापाको भूमिका निर्वाह गर्ने छन् ।यो फिल्म नगर प्रमुख थापाको जीवनीमा आधारित हुने बताइएको छ ।

माघदेखि सर्लाहीमै यो फिल्मको छायांकन सुरु हुने बागमती नगरपालिकाका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।उनका अनुसार अभिनेत्री तय हुन बाँकी रहेको छ ।बागमती नगरपालिकाका नगर प्रमुख थापाको आनीबानी,हुलिया र स्वभावसँग लामिछानेको धेरै कुरा मिल्छ । अभिनेता लामिछाने पनि पर्दाबाहिर हक्की स्वभावका छन् ।यसबाहेक उनी कुशल अभिनेता रहेका निर्देशक खनालले बताए ।लामिछानेले केही दिनदेखि नगर प्रमुख थापाको आनीबानी र स्वभाव सिकिरहेका छन्।फिल्ममा लामिछानेले तन्नेरी अवस्थाका नगर प्रमुख थापा र अहिलेको उमेरका नगर प्रमुख थापा गरेर दुई चरणको पात्रको अभिनय गर्ने निर्देशक खनालले बताए ।
दुई चरणमा चरित्र निर्वाह गर्नुपर्ने भएकाले केही मेकअप सामग्री विदेशबाट ल्याउने तयारी भएको अभिनेता लामिछानेले बताए।पशुपतिप्रसाद,धनपति र भष्मे डनपछि खनाल र लामिछाने बीच यो चौथो सहकार्य हो ।फिल्म“मेयर” लाई नगर प्रमुख थापाका स्वकीय सचिव मैनाली र अरविसा थापाले निर्माण गर्न लागेका हुन् ।नगर प्रमुख थापा गत वर्षको स्थानीय तहको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट बागमती नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।उनी दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका हुन ।
पहिलो कार्यकालमा नगर प्रमुख थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न,नगर भित्रका सडकहरुलाई चिल्लो सडकको नगरपालिका बनाउन,नगर भित्रका सामुदायिक विद्यालयहरुलाई भौतिक तथा शैक्षिक रुपमा अव्वल बनाउन,नगर भित्र रहेका भूमिहिन सुकुम्बासी,दलित र अव्यवस्थित बसोबासीहरुको व्यावस्थापन गर्न र नगरपालिकाले निर्माण गनृु पर्ने नीति नियमहरु बनाउन समय खर्चिएका थिए भने दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित बागमती माछा पोखरी(भरत ताल) बनाउँदै आन्तरीक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउँने र नगरको आन्तरीक आयस्रोतलाई बढावा दिदैँ स्थानीय बेरोजगार युवाहरुलाई रोजगारी सृजना गरेका छन् ।त्यसका साथै नगर बगैँचा,फनपार्कका साथै नगरपालिका भित्रका मानिसहरुलार्ए सामान्य उपचारमा पनि बाहिरि जानुपर्ने अवस्थाको अन्तइ गर्ने काम गरि रहेका छन् ।

सम्बन्धित समाचार