मधेश प्रदेशस्तरीय फुटबल प्रतियोगीतामा फागुनमा सर्लाहीमा हुने

2.1k Shares

सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघको आयोजनामा फागुनमा मधेश प्रदेशस्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।मधेश प्रदेशका सप्तरी,सिराहा, धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बारा र पर्साका गरी सबै आठै जिल्लाको सहभागितामा फागुन ७ गतेबाट प्रतियोगीता हुने सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष एवम प्रतियोगिताका संयोजक रोजित केसीले जानकारी दिए ।उनका अनुसार सर्लाहीको ईश्वरपुर नगरपालिका ८ स्थित रामपुर मैदानमा हुने प्रतियोगिता विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार पाउने छन् ।

सम्बन्धित समाचार