मिटर ब्याज पीडितहरुका लागि न्याय दिलाउन लालबन्दीमा कार्यालय स्थापना

2.2k Shares

सर्लाहीको लालाबन्दीमा मिटर ब्याज किसान तथा मजदुर संघर्ष समितिको न्याय कार्यालय स्थापना गरिएकोे छ ।मिटर ब्याज पीडित किसान तथा मजदुरहरुलाई न्याय दिने उदेश्यले लालबन्दीमा मिटर ब्याज किसान मजदुर संघर्ष समितिको न्याय कार्यालय स्थापना गरिएकोे हो ।लालबन्दी नगरपालिका ५ स्थित शान्तिटोलमा शनिवार मिटर ब्याज किसान तथा मजदुर संघर्ष समितिको न्याय कार्यालय स्थापना गरिएकोे संघर्ष समितिका संयोजक कारिल धामी चौधरीले जानकारी दिए ।उनका अनुसार कार्यालयले मिटर ब्याज सम्बन्धी उजुरी तथा निवेदन लिएर प्रहरी र जिल्ला प्रशासन कार्यालय सर्लाही धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने छ ।
लालबन्दीमा कार्यालय खोल्नु अत्यावश्यक भएकोले खोलिएको र अन्य जिल्लामा पनि यस्ता कार्यालय क्रमशःखुल्दै जाने कार्यक्रमका प्रमुख अतिथि एवम नेकपा(माओवादी केन्द्र)का नेता उपेन्द्र धामी चौधरीले बताए।उनका अनुसार कार्यालयमा कानून व्यवसायी गोविन्द दाहालले कानूनी सेवा दिने छन् भने मिटर ब्याज पीडितहरुलाई आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया र आवश्यक सहयोग कार्यालयले नै गर्ने छ ।
जिल्लाका विभिन्न स्थानबाट ठुलो संख्यामा मिटर ब्याज पीडित किसान तथा मजदुरहरुको सहभागिता कार्यालय स्थापना गरिएको संघर्ष समितिका केन्द्रीय सदस्य सूर्यराज उप्रेतीले बताए ।मिटर ब्याज पीडित किसान तथा मजदुरहरुलाई न्याय दिलाउने उदेश्यले कार्यालय स्थापना गरिएको र कार्यालयको सेवा प्रवाहमा कसैलाई काखा कसैलाई पाखा नगरी सेवा दिने संघर्ष समितिका केन्द्रीय सदस्य उप्रेतीले विश्वस्त दिलाए ।

सम्बन्धित समाचार