सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा शनिबारबाट जेट स्की संचालनमा आएको छ ।बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको उक सय २१ बिघाको बागमती माछा पोखरी(भरत ताल)मा शनिबार बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जेट स्कीको उद्धघाटन गरेका हुन ।
एक जना चालक र दुईजना यात्रु क्षमताको जेट स्की ५५ लाख लागतमा तालमा भित्राइएको बागमती इन्टरटेनमेण्ट प्रा.लिका संचालक गौतम खड्काले जानकारी दिए ।उनका अनुसार विदेशका समुन्द्रमा चलेको जेट स्की सामाजिक संजालमा हरिने गरेको भएपनि अब सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मै प्रत्यक्ष हेर्न तथा सयर गर्न पाइने भएको हो ।
सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा मानव निर्मित बागमती माछा पोखरी(भरत ताल)मा सर्वसाधारणका लागि विभिन्न मनोरन्जनका साधनहरु रहेमा अब जेट स्की पनि थपिएको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए ।
मधेस प्रदेश घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरुको बागमती माछा पोखरी(भरत ताल) पहिलो रोजाइ बन्न थालेछ।बोटिङ गर्न,पिकनिङ मनाउन र रमाइलो गर्नका लागि बागमती माछा पोखरी(भरत ताल) आन्तरीक तथा बाह्य पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरेको बागमती नगरपालिका ४ का वडा अध्यक्ष कृष्ण बहादुर लामाले बताए ।
बागमती माछा पोखरी(भरत ताल) निर्माणाधिन अवस्था मै रहेपनि ताल घुम्ने र बोटिङ गर्न रहर बुनेकाहरूलाई सयौं किलोमिटर जानुपर्ने बाध्यता टरेको बागमती नगरपालिकाकी नगर प्रमुख भरत कुमार थापाले बताए ।उनका अनुसार ताल निर्माणाधिन अवस्था मै रहँदा पनि सर्लाही आसपासका जिल्ला तथा भारतका बिहार प्रान्तका सयौं पर्यटकहरू बिदा मनाउन बागमती आउने गरेका छन् ।
पोखराको फेवा तालको झल्को मेटाउने चुरे पर्वतको फेदी र सधैं बगिरहने बागमती नदीको किनारमा बागमती माछा पोखरी(भरत ताल) निर्माणाधिन अवस्थामा छ । जसले सर्लाहीको मात्र नभई मधेश प्रदेशको पहिचान समेत बढाएको स्थानीय जानकारहरु बताउँछन् ।बागमती माछा पोखरी(भरत ताल)को वरिपरिको बगैंचाले पर्यटकहरूको मन झनै लोभ्याउने गरेको छ।