सर्लाहीको बसबरिया गाउँपालिकाले आफ्नो गाउँपालिका भरीका सबै वडामा कृषि मिटर जडान गर्ने भएको छ।गाउँपालिकाले ६ वटै वडामा कृषि मिटर जडान गर्नका लागि भन्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवालाई एकमुष्ट रकम भुक्तानी समेत गरि सकेको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए।उनका अनुसार बसबरिया गाउँपालिकाका सबै ६ वटै वडामा कृषि मिटर जडान गर्नका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवालाई एकमुष्ट रु ९० लाख रकम भुक्तानी गरिएको हो ।
२०७९ भदौ १३ गते भएको गाउँकार्यपालिकाको निर्णय अनुसार बसबरिया गाउँपालिकाको खेतीयोग्य सबै वडामा कृषि विद्युतीकरण गरि कृषि मिटर उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवाका प्रमुख दिगम्बर यादवलाई गाउँपाकिला अध्यक्ष रायले रु ९० लाखको चेक हस्तान्तरण गरेका हुन ।
विद्युतीकरणका लागि खर्च हुने रकममध्ये ६० प्रतिशत प्राधिकरणले र ४० प्रतिशत गाउँपालिकाले तिर्नेगरि सम्झौता भएको र सोही अनुसार गाउँपालिका अध्यक्ष रायले कार्यालयलाई चेकमार्फत एकमुष्ट रकम हस्तान्तरण गगरेका नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवाका प्रमुख यादवले जानकारी दिए ।उनका अनुसार गाउँपालिकाले तिर्नुपर्ने रु ९५ लाखमध्ये रु ९० लाखको चेक प्राधिकरणलाई हस्तान्तरण गरिएको र बाँकी रु पाँच लाख काम सुरु भएपछि भुत्तानी गरिने सम्झौता पत्रमा उल्लेख छ ।
खेतीयोग्य क्षेत्रमा कृषि विद्युतीकरण गरि आवश्यकता अनुसार ट्रान्सर्फमर जडान गरेर प्रत्येक ट्रान्सर्फमरमा मिटर जडान गर्ने प्राधिकरणले जनाएको छ।बसबरिया गाउँपालिकामा कृषि मिटर जडानका लागि सुरज निर्माण सेवा जनकपुरधामलाई टेन्डर प्रक्रियाद्वारा ठेक्का लगाइसकेको र केहि दिनभित्र काम सुरु हुने वितरण केन्द्रका प्रमुख यादवले बताए ।
खपत भएको प्रत्येक कृषि मिटरको बिल वापतको रकम गाउँपालिकाले नै तिरिदिने अध्यक्ष रायले बताए ।उनले आफुले चुनावको समय जनतासंग कृषि सम्बन्धी गरेको वाचा पुरा हुने चरणमा रहेको बताए तर बसबरिया गाउँपालिकाले चालु आर्थिक वर्षको पाँच महिना पुरा हुँदा समेत गाउँ सभा गरेर चालु आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेको छैन् ।